लक्ष्मी पूजाको लागि कंचनजंगा अगरबत्ती ल्यायो आकर्षक पूजा सामग्री सेट, कति पर्छ मूल्य ?

लक्ष्मी पूजाको लागि कंचनजंगा अगरबत्ती ल्यायो आकर्षक पूजा सामग्री सेट, कति पर्छ मूल्य ?

केन्द्रबिन्दु
90
Shares

काठमाडौं । सावित्री कंचनजंगा अगरबत्ती उद्योगले तिहारका लागि ‘सावित्री कंचनजंगा महालक्ष्मी पूजा सामग्री’ को आकर्षक प्याकेज ल्याएको छ । कम्पनीले लक्ष्मी पूजाको लागि आवश्यक सम्पूर्ण पूजाको सामग्रीहरू एकै प्याकेजमा राखेर ल्याएको हो ।

तिहारमा लक्ष्मी पूजा विशेष मानिने ग्राहकको सहजताको लागि यो सुविधा ल्याएको कम्पनीका जनरल म्यानेजर पुष्कर केसीले बताए । कम्पनीको यो पूजा सामग्री सेटमा कंचनजंगा अगरबत्तीसहित विभिन्न प्रकारका पूजा जन्य सामग्रीहरू राखिएर तयार गरिएको छ ।

‘तिहारको मौसम छ, तिहारमा विभिन्न देवीदेवताको पूजा गरिन्छ, त्यसमध्ये लक्ष्मी पूजा विशेष हुने भएकाले लक्ष्मी पूजा सेट ग्राहकको सहजताको लागि तयार गरेका हौं, यसले पूजा सामग्री किन्न हरेक पसल दौडनु पर्ने झन्झट कम गर्नेछ,,’ उनले भने ।

अनलाइनबाट पनि सावित्री कंचनजंगा अगरबत्तीकाे लक्ष्मी पूजालक्षित पूजा सेटको अर्डर गर्न सकिने छ ।

महालक्ष्मी पूजा सामग्रीभित्र रोली, मोली, सुपारी, कपूर, ल्वाङ्, इलायची, कंचनजंगा अगरबत्ती, जनेउ, अबिर, सिन्दुर, पहेँलो चन्दन, मूंग, इत्तर, भोजपत्र, मह, कमलगट्टा, पञ्चमेवा, सर्वसिद्धि, पंचरत्न, पहेंलो तोरी र कपास राखिएको छ ।
यस्तै उक्त प्याकेजमै सलाई, बेसार, धनियाँ, कोडी, चामल, गहुँ, पञ्चपल्लव, जटामसी, लावा, सप्तमातृका, जौ, तिल, दीपक–५ थान, रातो सेतो कपडा, आरती पन्ना, लक्ष्मीजीको पाना लगायतका सामग्रीहरू राखिएको कम्पनीले बताएको छ ।

केसीका अनुसार उक्त प्याकेज भाटभाटेनी, बिगमार्ट, रासन मार्ट, पूजा पसल लगायतका ठाउँमा उपलब्ध छन् । उक्त सेटलाई ८०० रुपैयाँ पर्ने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले बडादशैं तिहार र छठ पर्वलाई लक्षित गर्दै सहुलियत दरका सुपथ मूल्य पसल पनि सञ्चालन गरिरहेको छ ।

हाल नेपालभित्र र बाहिर बिक्री–वितरण भइरहेको पूजा सामग्रीहरू बजारमा उपलब्ध भइसकेका छन् । अनलाइनबाट पनि उक्त सेटको अर्डर गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।

यति मात्र नभई कम्पनीले बडादशैं तिहार र छठ पर्वलाई लक्षित गर्दै सहुलियत दरका सुपथ मूल्य पसल सञ्चालन गरिरहेको छ । कम्पनीले कालीमाटीसहित साल्ट ट्रेडिङ लगायतका काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो ।

उक्त पूजा सामग्रीहरू यी सहुलियत पसलमा उपलब्ध रहेको केसीले बताए । ति पसलबाट सावित्री कंचनजंगाका ब्रान्डका सामानहरूमा खरिद गर्दा विशेष छुट पाइने बताइएको छ । उनका अनुसार कंचनजंगाको यी सुपथ मूल्यका पसलहरू छठसम्म सञ्चालनमा हुनेछन् ।

हाल उक्त कम्पनीले करिव १०० वटा सुगन्धित अगरबत्ती प्रडक्ट उत्पादन गर्दै आएको छ । पूर्वदेखि पश्चिम नेपालसम्म, हिमालदेखी तराईसम्म उपलब्ध यस सुगन्धित अगरबत्ती छोटो समयमै नेपालकै अग्रणी अगरबत्ती ब्रान्डको रूपमा स्थापित छ ।

नेपालमा नम्बर वान सावित्री कंचनजंगा अगरबत्ती गुणस्तरीय हुनुका साथै आम उपभोक्ताबिच निकै लोकप्रिय छ । यस्तै, उक्त ब्रान्डका अगरबत्तीहरू नेपालबाहेक चीन, भारत, जापान, हङकङ, थाइल्याण्ड र भियतनाम लगायतका देशमा पनि निर्यात हुँदै आएका जनरल म्यानेजर केसीले बताए ।

Skip This
Skip This
Logo