काठमाडौँ । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले अख्तियारलाई निजी क्षेत्रमा प्रवेश गराउँदा कार्यक्षेत्र र कार्यबोझ थपिने धारणा राखेका छन् ।
सोमबार राज्य व्यवस्था समितिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा भएको छलफलमा उनले संघीयतामा मुलुक गइसकेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यक्षेत्र र कार्यबोझ बढेको भन्दै यस्तो बेला झन निजी क्षेत्रमा पनि प्रवेश गराउन नहुने बताए ।
उनले भने,‘संघीयतामा मुलुक गइसकेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यक्षेत्र र कार्यवोझ बढेको छ । यतिबेला नै यो महासन्धीलाई देखाएर त्यसकारण निजी क्षेत्रमा पनि प्रवेश ग¥यौं भने कति असर पर्छ ? प्रवेश गर्दा कहाँ किन आवश्यक प¥यो बाध्यकारी स्पष्ट गरौं । नियमन गर्ने निकाय र व्यवस्था छ तर निजी क्षेत्रमा प्रवेश गर्दा आतकिंत छ, त्यसैले निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्छ ।’































प्रतिक्रिया