काठमाडौँ
पूर्वमाओवादी पीडित गंगामाया अधिकारीले राहदानी बनाएकी छिन् । आफ्नो छोराको जनयुद्धको समयमा माओवादीले अनाहकमा हत्या गरेको भन्दै उनी लामो समय आमरण अनशन बसेकी थिइन् ।
उनले छोरा कृष्णप्रसाद अधिकारीको हत्यारालाई कारबाही नभएको र उचित न्याय नपाएको भन्दै अन्तर्राष्ट्रिय समुदाय गुहार्नका लागि राहादानी बनाएकी हुन् । उनले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट आइतबार राहदानी बनाएकी हुन् । जिप्रका अधिवक्ता ओमप्रकाश अर्याल र सुरेन्द्र भण्डारी लगायत गंगामायासंगै पुगेका थिए ।
गंगामायाका श्रीमान नन्दप्रसाद अधिकारीको भने यसअघि नै अनशनका क्रममा ज्यान गइसकेको छ । उनको शव अझै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमै रहेको छ । अधिकारी घटनामा पक्राउ परेका मुख्य अभियुक्त छविलाल तिवारीसहित १२ जनाले अदालतबाट सफाइ पाइसकेका छन् । तिवारीले सर्वोच्च अदालत र अन्य १२ जनाले चितवन जिल्ला अदालतबाट सफाइ पाएका हुन् ।
नयाँ पत्रिकाबाट































प्रतिक्रिया