काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारले एक वर्षे समिक्षा गरेको छ । समिक्षाको क्रममा कांग्रेसले एक वर्षमा वर्तमान सरकारले जग नै बालुवाको लगाएको प्रतिक्रिया दिएको छ ।
सरकारले एक वर्षे समिक्षा गर्न आईतबार आयोजित कार्यक्रममा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यभार सम्हालेको एक वर्षमै जनविश्वास गुमाएको टिप्पणी गरे । एक वर्षको अवधिमा जनताले चाहेजस्तो परिवर्तनको अनुभूति हुन नसकेको टिप्पणी गरेका हुन् । सरकारले जग नै बालुवाको हालेको भन्दै त्यस्तो जगबाट बलियो घरको कल्पना नै नगर्न नसकिने बताए ।
फागुन २ गतेको सम्बोधनमा प्रधानमन्त्री ओलीले जग खन्न नपाई छानाको अपेक्षा गर्न नसकिने भन्दै सरकारले क्रमिक रुपमा काम गरिरहेको भन्दै धैर्य गर्न आग्रह गरेका थियो । सोही विषयलाई व्यंग प्रहार गर्र्दै प्रवक्ता शर्माले जग नै बालुवाको बनाएर बलियो घरको परिकल्पना गर्न नसकिने दाबी गरे ।
प्रधानमन्त्री ओलीसँग शासकीय योग्यता नै नदेखिएको उनको टिप्पणी छ । ‘प्रधानमन्त्रीले जब बोल्न थाल्नुहुन्छ, नागरिकले जिम्मेवार राजनेताको अभिव्यक्ति पाउँदैनन्, रमाइला अभिव्यक्ति पाउँछन् । यो एक वर्षमा देशलाई राम्रै मनोरञ्जन दिनु भएको छ’ पार्टी कार्यालयमा आइतबार आयोतित पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले भने । ‘तर, देशले जे शासकीय योग्यता खोजेको थियो, त्यो देखिएन ।’
प्रवक्ता शर्माले सरकारप्रति जनविश्वास बढ्दै जानुमा ५ कारण प्रस्तुत गरे । जसमा गोविन्दको केसीको माग पूरा गर्न उदासीनता देखाइएको, बूढीगण्डकी जलविद्युत निर्माणको जिम्मा विदेशी, कम्पनीलाई दिइएको, कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्याकाण्डमा संलग्नलाई कारबाही गर्न नसकेको र निर्दोषलाई फसाउन खोजिएको तथा राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा सत्तारुढ दलले जबरजस्ती गरिएको उल्लेख गरिएको छ ।
यस्तै सरकारले सञ्चारमाध्यबाट खतरा देखेर अंकुश लगाउने गरी कानुनहरु निर्माण गर्न लागेको आरोप कांग्रेसले लगाएको छ ।































प्रतिक्रिया