क्यान्टोनमेन्ट घोटाला प्रकरणमा प्रचण्डसहित १३ जनाविरुद्ध अख्तियारमा उजुरी

क्यान्टोनमेन्ट घोटाला प्रकरणमा प्रचण्डसहित १३ जनाविरुद्ध अख्तियारमा उजुरी

केन्द्रबिन्दु
384
Shares

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध माओवादी लडाकू शिविर अर्थात् क्यान्टोनमेन्टमा भएको घोटालाबारे छानविनको गर्न माग गर्दै अख्तियारमा उजुरी परेको छ।

सिन्धुलीका युवराज पौडेल सफलले माओवादी अध्यक्ष ‘प्रचण्ड’, उपमहासचिव वर्षमान पुन, जनार्दन शर्मा, पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन तथा चक्रपाणी खनालसहित १३ जनाविरुद्ध उजुरी हालेका हुन्।

उजुरीमा विस्तृत शान्ति सम्झौतापछि सेना समायोजनका क्रममा माओवादी नेता कार्यकर्तालाई समेत सेनाको पोशाक दिएर फोटो खिचाइ रकम निकाशा गरिएको उल्लेख छ । माओवादी अध्यक्ष प्रचण्डले स्वयंले ७ हजार सेनालाई ३५ हजार पुर्‍याएर २० हजार भेरिफिकेसनमा परेको एक भिडियोमा उल्लेख गरेको विषयलाई समेत उजुरीमा प्रमाणका रुपमा व्याख्या गरिएको छ।

Skip This
Skip This
Logo