समाजकल्याण परिषद्का सबै पदाधिकारी बर्खास्त

समाजकल्याण परिषद्का सबै पदाधिकारी बर्खास्त

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ
सरकारले समाजकल्याण परिषद्का सबै पदाधिकारीलाई बर्खास्त गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कोषमा अनियमितता गरेको भन्दै परिषद्का उपाध्यक्ष नीलमणि बराल, कोषाध्यक्ष वीरबहादुर ठगुन्ना, सदस्य सचिव डिल्लीप्रसाद भट्ट, तथा सदस्यहरू इन्द्रकुमार झा र गोकर्णप्रसाद भट्टलाई बर्खास्त गरेको हो ।

यसअघि सरकारले उनीहरूसँग दुईपटक स्पष्टीकरण लिएको थियो । परिषद्का पदाधिकारीहरूले दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको र उनीहरू अनियमिततामा मुछिएको भन्दै सरकारले सबैलाई बर्खास्त गरेको महिला बालबालिका तथा समाजकल्याण मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

समाजकल्याण परिषद्का पदाधिकारीहरूले मिलेमतो गरी अनियमितता गरेको र कोषलाई क्षति पु¥याएको भन्दै त्यस सम्बन्धमा सत्य तथ्य पत्ता लगाउन सरकारले पूर्व मुख्यन्यायाधीश मोहनरमण भट्टराईको अध्यक्षतामा पाँच सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो ।
सो आयोगले परिषदमा व्यापक अनियमितता भएको ठहर गर्दै सबै पदाधिकारीलाई बर्खास्त गर्न सरकारसमक्ष सिफारिस गरेको थियो , आयोगको सो सिफारिस अनुसार सरकारले सबै पदाधिकारीलाई बर्खास्त गरेको हो ।
राजधानीबाट

Skip This
Skip This
Logo