पशुपति शर्माको गीत फिर्ता गरायो सरकारले, युट्युबबाट हटाईयो

पशुपति शर्माको गीत फिर्ता गरायो सरकारले, युट्युबबाट हटाईयो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । चर्चित गायक पशुपति शर्माको “लुट्न सके लुट कान्छा” भन्ने व्यंगात्मक गीत युट्युबबाट हटाएका छन् । सरकारप्रति तिखो व्यंग प्रहार गरेर सार्वजनिक गरिएको गीत सरकारको दबाबमा युट्युबबाट हटाईएको हो ।

गीतमा समावेश केही शब्दहरुमा असन्तुष्टी रहको भन्दै असन्तुष्टि रहेको शब्दहरु हटाएर परिमार्जन गर्दै ल्याउने पशुपतिको भनाई छ । जुन शब्दमा असंतुष्टी देखियो ति शब्दहरुलाई फेर्नु आफ्नो पनि दायित्व रहेको भन्दै पशुपतिले ट्रेण्डिङमा रहेको उक्त गीतलाई नै हटाएका हुन् ।

यसअघि सरकारलाई तिखो ब्यंग प्रहार गरेको भन्दै त्यसलाई प्रतिबन्ध लगाउने तयारीबारे सरकारी अधिकारीले छलफल गरेको चर्चा चलेको थियो । युट्युब च्यानलमा शुक्रबार सार्वजनिक भएको गीतको भिडियो शनिवार दिउँसोसम्म नेपालको युबट्युब ट्रेन्डिङमा १३ नम्बरमा थियो ।

एकता फिल्मस्ले बजारमा ल्याएको उक्त गीत पशुपति शर्मा आफैले लेखेका थिए । गीतको सुरुवातमा एक सन्देशमुलक हरफ लेखिदै देशको अहिलेको अवस्थालाई देखाउन खोजिएको थियो । गीतमा पशुपति शर्मा, मन्जु बिके र प्रज्वल भण्डारी फिचर्ड थियो ।

नेपालको पछिल्लो राजनीतिक परिवेशलाई व्यंग्य गर्दै आएका गायक पशुपतिले व्यंग प्रहार गर्दै ल्याएको गीतलाई सरकारले प्रतिबन्ध लगाएको हो । देशमा चलिरहेको घुसपिस, हत्या, हिंसा र बलात्कार जस्ता बिषयलाई पशुपतीले गीतमा समेटेका थिए ।

नेकपा नेताहरु चर्को आक्रोशः

सरकार सम्बन्ध युवा संगठनहरुले उक्त गीतको चर्को विरोध गर्दै आएका छन् । सत्तारुढ दल नेकपा नेताहरुले समेत गीत सान्दर्भिक नभएको भन्दै सामाजिक सञ्जालमार्फत नै आक्रोश व्यक्त गरेका थिए । नेकपा नेतृ शान्ता चौधरीले पनि उक्त गीतमाथि आक्रोश पोखेकी छन् । सामाजिक सञ्जाल मार्फत उनले आफ्नो आक्रोश व्यक्त गरेकी हुन् ।

अरु देशमा लुट्न पाईंदैन हाम्रो देशमा मात्रै पाईन्छ भनेर विश्वका सामु आफ्नो देशको गरिमालाई कमजोर बनाउने काम भएको भन्दै प्रतिनिधिसभा सदस्य तथा नेकपा संसदीय दलकी सचेतक समेत रहेकी नेतृ चौधरीले जनतालाई उत्साह दिने गरि भएका काममा पर्दा लगाउँने र निराशा बाँड्ने गीत गाईएको भन्दै विरोध गरेकी हुन् ।

यस्तो देशको नै बेईज्जत गर्ने खालको गीत गाउने कलाकार देशको गहना हुन नसक्ने भन्दै उनले पशुपति शर्माको गीतमाथि व्यंग हानेकी हुन् । पशुपतिले गीत मार्फत राष्ट्रपति माथि पनि व्यंग प्रहार गरेका थिए । सो विषयमा पनि शान्ताले विरोध गरेकी छन् ।

उनले लेखेकी छन्, ‘राष्ट्रपति व्यक्ति मात्रै होईन देशको सर्वोच्च संस्था हो ,पर्दाभित्रबाट षड्यन्त्रको तानाबाना बुन्दै बिना कारण झुट आरोप लगाएर घरि घरि बदनाम गर्न खोज्नु खेदजनक छ ।’

Skip This
Skip This
Logo