पूजाका सामग्रीलाई चम्काउने कंचनजंगाको ‘चमक पिताम्बरी’

पूजाका सामग्रीलाई चम्काउने कंचनजंगाको ‘चमक पिताम्बरी’

केन्द्रबिन्दु
57
Shares

काठमाडौं । सावित्री कंचनजंगा अगरबत्ती उद्योगले तयार गरेको ‘चमक पिताम्बरी’ आम उपभोक्ताकोबीच निकै लोकप्रिय बन्दै गएको छ । पूजा तथा धातुका सामान सफा गर्नका लागि प्रयोग गरिने चमक पिताम्बरी गुणस्तर भएकै कारण आम उपभोक्ताको रोजाइमा पर्दै गएको हो ।  

औसत शुल्कमै बजारमा पाइने यो बस्तु नेपालको जुनसुकै ठाउँमा उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ । चमक पिताम्बरीको एमआरपी मूल्य ५५ रुपैयाँ निर्धारण गरिएको छ ।  

चमक पिताम्बरीले सिल्भर, तामा, पीतल, फलाम र एल्युमिनियमका सामग्रीहरू सफा गर्न सकिने बताइएको छ । उक्त पाउडरको प्रयोग गरेर पूजाका सामग्रीमा दाग तथा फोहोर नहुने कम्पनीले जानकारी दिएको छ । 

आमग्राहकको मन जित्दै उत्कृष्ट प्रडक्टको रूपमा चिनिएको चमक पिताम्बरीको प्रयोगकर्ताको संख्या बढ्दो रूपमा रहेको कम्पनीको भनाइ छ । यस प्रडक्टको साहायताले पूजाका सामग्रीहरूलाई सफा राख्नको लागि धेरै हदसम्म मद्दत गर्ने कम्पनीका जनरल म्यानेजर पुष्कर केसीले बताए । 

‘बजारमा अन्य यस्ता प्रडक्ट पनि हुन सक्छन्, तर गुणस्तर र प्रयोगका हिसावाले चमक पिताम्बरी उत्कृष्ट छ, यो प्रयोग गरेर पूजाका भाडा बिग्रिने डरले प्रयोग गर्नबाट ब्याक हुनु पर्दैन,’ उनले भने । चमक पिताम्बरी मात्र नभई कम्पनीले पूजासँग सम्बन्धित अन्य थुप्रै सामग्री बजारमा उपलब्ध छन् । हाल उक्त कम्पनीले करिव १०० वटा सुगन्धित अगरबत्ती प्रडक्ट उत्पादन गर्दै आएको छ ।

Logo