‘आत्मामा तिम्रो आत्मामा
म छु कि छैन त्यहाँ हेर न
मनमा तिम्रो मनमा
म छु कि छैन त्यहाँ हेर न ।’ गीतबाट प्रसिद्धी कमाएका नेपाली आधुनिक गायक कमल खत्री नेपाली सांगितीक क्षेत्रका सु–परिचित नाम हुन् । उनको करियर सन् २००५ मा रेडियो नेपालको आधुनिक गीत प्रतियोगिता भन्ने रेडियो कार्यक्रममा भाग लिएर सुरु भएको थियो।
तिहारको अवसर पारि केन्द्रबिन्दु मिडियाले गायक कमल खत्रीलाई तिहारको अनुभवका साथैं सांगितीक क्षेत्रको यात्रालगायत जिवनको आरोहअवरोहको बारेमा भलाकुसारी गरेको छ ।































