चर्चित लोक गायक पशुपति शर्माको व्यङ्गात्मक गीत ‘लुट्न सके लुट नेपालमै हो छुट’ बोलको गीत सार्वजानिक भएको छ । एकता फिल्मस्ले बजारमा ल्याएको उक्त गीत पशुपति शर्मा आफैले लेखेका हुन् भने गीतमा संगीत र स्वर पनि उनकै रहेको छ ।
गीतको सुरुवातमा एक सन्देशमुलक हरफ लेखिदै देशको अहिलेको अवस्थालाई देखाउन खोजिएको छ । गीतमा पशुपति शर्मा, मन्जु बिके र प्रज्वल भण्डारी फिचर्ड छन् । गीतको निर्देशन तथा कोरियोग्राफी दुर्गा पौडेलले गरेका हुन् ।
नेपालको पछिल्लो राजनीतिक परिवेशलाई व्यंग्य गर्दै आएका गायक पशुपतिले फेरि पनि व्यंग प्रहार गर्ने गीत ल्याएका हुन् । देशमा चलिरहेको घुसपिस, हत्या, हिंसा र बलात्कार जस्ता बिषयलाई पशुपतीले गीतमा समेटेका छन ।
यसो त पशुपती शर्माका प्राय गीत जनचेतना मुलक र व्यंगात्मक हुने गर्दछन उनले यो गीत मार्फत पनि सरकारलाई गतिलो झटारो हान्दैं आएका छन् ।





























प्रतिक्रिया