सर्वोत्तम सिमेन्टले गर्‍यो एकै वर्षमा ६ अर्ब बढीको व्यापार, कुन वर्षमा कति ?

सर्वोत्तम सिमेन्टले गर्‍यो एकै वर्षमा ६ अर्ब बढीको व्यापार, कुन वर्षमा कति ?

केन्द्रबिन्दु
51
Shares

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडको व्यापारमा उल्लेखीय बृद्धि हुँदै गएको देखिएको छ । इक्रा नेपालले सार्वजनिक गरेको विवरण अनुसार गत वर्षको तुलनामा यस वर्ष कम्पनीको व्यापारमा बृद्धि भएको हो ।

गत वर्ष अर्थात् सन् २०२३ मा कम्पनीले ५ अर्ब ३९ करोड १० लाख रुपैयाँको व्यापार गरेको थियो । तर, सर्वोत्तम सिमेन्टले २०२४ मा भने ६ अर्ब ४१ करोड ९० लाख रुपैयाँको व्यापार गरेको इक्राले जानकारी दिएको छ ।

गुणस्तर सिमेन्ट उत्पादन गर्ने कम्पनीको रूपमा परिचित सर्वोत्तम सिमेन्ट सन् २०२० मा ७ अर्ब ३७ करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो । यस्तै, सन् २०२१ मा ८ अर्ब ९५ करोड र सन् २०२२ मा ७ अर्ब ७८ करोड ७० लाख रुपैयाँको गरेको तथ्यांकले देखाएको छ । 

नेपालमा सबै भन्दा लोकप्रिय सिमेन्टको रूपमा रहेको सर्वोत्तमको आगामी दिनमा थप व्यापार बृद्धि हुने देखिन्छ । अक्टोबर २०१० मा प्राइभेट लिमिटेड कम्पनीको रूपमा स्थापित र जुलाई २०१९ मा पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण भएको थियो ।  

यो कम्पनी क्लिंकर र सिमेन्ट उत्पादन र बिक्रीमा संलग्न छ । यस कम्पनीको प्रमुख सेयर होल्डिङ नेपालको प्रतिष्ठित व्यापारिक घराना सौरभ ग्रुप रहेको छ । नवलपरासी जिल्लाका कारखाना रहेको सर्वोत्तम सिमेन्टले ओपीसी र पीपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ ।

Skip This
Skip This
Logo