जमेर बस्ने स्वामी (बाबा) हरुको बारेमा थाहा भए पनि काम, नाम, सक्रियता र चर्चाको हिसावले अग्रपंक्तिमा रहेका स्वामीहरुका बारेमा धेरैलाई थाहा नहुन सक्छ । जसलाई हामी धर्मगुरु भनेर पनि चिन्ने गर्छाै । उनै धर्मगुरुहरुले गरेका सेवा र कमाएको ख्यातिका बारेमा आज हामी चर्चा गर्दैछौ ।
नेपालमा बसेर धर्म संस्कृतिको जगेर्ना गर्दै बिभिन्न आश्रमहरु निर्माण गरेर हजारौ भक्तहरुको आश्रय बनेका नेपाली सन्तहरुको बारेमा हामीले आज यो भिडियो तयार पारेका छौं ।
भोजपुरको दिंग्लामा पहिलो संस्कृत शिक्षाको विद्यालय खोलेर ज्ञानको ज्योति फैल्याइएको पाइन्छ । यसरी धर्म र संस्कृतिको रक्षा गर्दै नाम कमाएका पहिलो धर्मगुरु हुन् बालगुरु षडानन्द । धर्म संस्कृतिको रक्षा गर्दै नेपालमा नाम कमाएका धर्मगुरुहरुमा पर्छन् खप्तड लेक तपोभुमिका खप्तड बाबा, त्यस्तै सिद्धयोगि श्यामचेतन, सिद्धब्रह्मचारी गलेश्वर बाबा र विश्वभ्रमण गरेर बेलायती महारानी भिक्टोरियालाई समेत ज्ञान दिएका शिवपुरि बाबा ।
त्यस्तै चर्चित ब्रह्मलिन १००८ स्वामी डाक्टर रामानन्द गिरि बेदान्त, धर्मशास्त्र, गीता तथा उपनिषदका पारंगत मानिन्थे । देवघाटधाममा उनले स्थापना गरेको महेश सन्यास आश्रम रहेको छ । उनलाई पशुपति क्षेत्र भित्र रहेको शंकराचार्य मठले पनि मठाधीश बनाएको थियो । उनले श्रीमद्भागवत गीताको नेपालीमा अनुवाद गरेका छन् ।
त्यस्तै पूर्व र पश्चिमका दोभान संस्कृत, नेपाली, हिन्दी र अंग्रेजी भाषाका ज्ञाता मानिन्थे आचार्य खेमराज केशवशरण । वेद, पुराण र उपनिषदका ज्ञाता साथै प्रवचनमा अव्वल उनी लोकप्रिय गुरु मध्येमा अगाडि पर्छन् । चितवनको देवघाटमा शरणागति आश्रमका पीठाधीश भएर उनले धर्मको रक्षा गरे पनि उनी ब्रह्मलीन भए संगै आश्रम बन्द भएको छ ।
जनजाती पण्डित भनेर चिनिने स्वामी प्रपन्नाचार्य बेद शास्त्रका ज्ञाता मानिन्छन् । आदिवासी जनजाती भएर बेदमा पीएचडी गरेकाले पनि हुनुपर्छ हिन्दू धर्मबृत्तमा सदावहार चर्चामा रहने गर्छन् । काले राई उनको पुरानो नाम हो ।
त्यस्तै गरिव र दुखीका सेवक अन्नपुर्ण बाबा पशुपतिनाथको पूर्व पट्टी रहेको अन्नपूर्ण मन्दिरमा भण्डारा सञ्चालन गरेर बसेका छन् । गौशाला बनाएर र महायज्ञको सञ्चालन गरेर उनले धेरै चर्चा कमाएका छन् ।































प्रतिक्रिया