काठमाडौं । फिल्म ‘दि ब्रेकअप’ यहि फागुन १७ बाट प्रदर्शनको तयारीमा छ । प्रदर्शन मिति नजिकिँदा निर्माण टिम यतिबेला प्रचार प्रसारमा जुट्ने तयारीमा छ ।

यो बीचमा बिहिबार पारेको प्रेम दिवसको अबसरमा ‘ब्रेकअप’ टिमले राजधानीका विभिन्न ठाउँमा पुग्दै दर्शक तथा शुभचिन्तकहरुसँग माया साटेको थियो ।
अभिनेता आशिरमान देशराज जोशी रातो ज्याकेटमा प्रेमिल मुद्रामा फ्यानहरुमाझ पुगे । राजधानीको केन्द्र मानिने सुन्धारास्थित सिभिल मल पुग्दा उनलाई पर्खेर बसेका फ्यानहरुले घेरे, सेल्फीमा रमाए ।

अभिनेत्रीद्वय शिल्पा मास्के, इच्छा कार्की र अभिनेता रेमनदास श्रेष्ठसँगै पुगेका आशिरले त्यहाँ आयोजित भ्यालेन्टाइन विशेष कार्यक्रममा पनि उपस्थिति जनाए ।

निर्देशक हेमराज बिसीसहितको टिमले सिभिल मलमा आयोजित प्रेममय उल्लासमा फिल्मको बारेमा जानकारी गराउँदै साथ र मायाको अपेक्षा राखेका थिए ।

रुपक थापा, रेनु राणा, दीपक खतिवडाको निर्माणमा बनेको फिल्मको ट्रेलरले लोकप्रियता बढाउँदैछ । पछिल्लो क्रममा युवापुस्ताले अत्याधिक प्रयोग गर्ने सामाजिक सञ्जाल टिकटकमा पनि यो फिल्मको ट्रेलरमा समावेश डायलगहरु हिट लिस्टमा छन् ।

































प्रतिक्रिया