भ्रष्टाचार नियन्त्रण गर्न अनौठो योजना, प्रहरीको बर्दीमा गोजी नराखिने

भ्रष्टाचार नियन्त्रण गर्न अनौठो योजना, प्रहरीको बर्दीमा गोजी नराखिने

केन्द्रबिन्दु
0
Shares

एजेन्सी । नेपालमा दिन प्रतिदिन भ्रष्टाचार बढिरहेको छ । त्यसको रोकथाम तथा नियन्त्रण गर्न राज्यका विभिन्न निकाय सक्रिय छन् । त्यति गर्दा पनि भ्रष्टाचारमा कमी आउन सकेको छैन् । तर केन्यामा भने भ्रष्टाचार नियन्त्रण गर्न अनौठो नियम लगाईने भएको छ ।

भ्रष्टाचार नियन्त्रण गर्न केन्या सरकारले प्रहरीको बर्दीमा गोजी नराख्ने योजना अघि सारेको छ । प्रहरीबाटै भ्रष्टाचार बढेपछि सरकारले नयाँ प्रहरीका बर्दीमा गोजी नराख्ने योजना ल्याएको हो ।

केन्याका राष्ट्रपति उहुरु केन्याटाको भ्रष्टाचार विरोधी अभियान स्वरुप प्रहरीको पोशाकमा गोजी नराख्ने योजना ल्याइएको जनाइएको छ । केन्याका प्रहरीमाथि बाटोमै घुस खाएका उजुरी दैनिक आउने गरेका छन् ।

वर्दीमा गोजी नभएपछि उनीहरुलाई घुस माग्न गाह्रो हुने विश्वास गरिएको छ । प्रहरीहरुले भने यस योजनालाई सफल हुन नदिने बताएका छन्।

उनीहरुले केही प्रहरीको गल्तीको सजाय सारा प्रहरीलाई दिन नहुने बताएका छन् । बर्दीको गोजीले प्रहरीको सुन्दरतालाई समेत बढाउने उनीहरुको तर्क छ।

Skip This
Skip This
Logo