हिरो गोल्डकप महिला फुटबलको उपाधिका लागि नेपाल र म्यानमारबीच आज (शुक्रबार) प्रतिस्पर्धा हुँदैछ।

भारतको भुवनेश्वरस्थित कालिङ्गा रंगशालामा साँझ सवा ६ बजेदेखि सुरु हुनेछ। "/>

उपाधिका लागि नेपाल र म्यानमार भिड्दै

उपाधिका लागि नेपाल र म्यानमार भिड्दै

केन्द्रबिन्दु
0
Shares

हिरो गोल्डकप महिला फुटबलको उपाधिका लागि नेपाल र म्यानमारबीच आज (शुक्रबार) प्रतिस्पर्धा हुँदैछ।

भारतको भुवनेश्वरस्थित कालिङ्गा रंगशालामा साँझ सवा ६ बजेदेखि सुरु हुनेछ।  जारी प्रतियोगिताको समूह चरणको खेलमा म्यानमारले नेपाललाई ३–० ले हराएको थियो। गत नोभेम्बरमा यांगुनमा भएको ‌ओलम्पिक छनोटको खेल भने १–१ को बराबरीमा सकिएको थियो।

शुक्रबार म्यानमारलाई पराजित गर्न सके नेपाली महिला टिमले पहिलो पटक अन्तर्राष्ट्रिय उपाधि उचालेर इतिहास बनाउनेछ। यसअघि नेपालले साफ महिला च्याम्पियनसिपमा फाइनलमा स्थान पक्का गरेको भए पनि उपाधि भने जित्न सकेको थिएन।

लिग चरणको अन्तिम खेलमा म्यानमारले भारतलाई पराजित गरेसँगै नेपाल उपविजेताका रुपमा प्रतियोगिताको फाइनल प्रवेश गरेको थियो। प्रतियोगितामा म्यानमार अपराजित रहँदै ९ अङ्कका साथ फाइनल प्रवेश गरेको थियो। तीन खेलमा ६ अङ्क जोडेको नेपालले उपविजेताको रुपमा म्यानमारसँग उपाधि भिडन्त पक्का गरेको थियो।

आगामी महिना विराटनगरमा हुने साफ च्याम्पियनसिप र म्यानमारमा हुने ओलम्पिक छनोटलाई लक्षित गर्दै भारतले प्रतियोगिताको आयोजना गरेको हो ।

Skip This
Skip This
Logo