कञ्चनपुरमै फेरि ५ किलो ६ सय ग्राम सुन बरामद

कञ्चनपुरमै फेरि ५ किलो ६ सय ग्राम सुन बरामद

केन्द्रबिन्दु
0
Shares

कञ्चनपुर

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) सहितको टोलीले बिहीबार राति कञ्चनपुरमा थप ५ किलो ६ सयग्राम सुन बरामद गरेको छ । कञ्चनपुरको पुनर्वास नगरपालिका–२ दशरथ बस्तीमा हिजो दिउँसो १८ किलो सुन बरामद गरे लगत्तै राति थप सुन बरामद भएको हो ।

दिउँसो सुनसहित पक्राउ परेका दाजुभाइ मध्ये दाजु लक्ष्मण तिरुवाको घरबाट ५ किलो ६०० ग्राम सुन बरामद गरिएको कञ्चनपुरका एसपी कुबेर कडायतले जानकारी दिए ।

पक्राउ परेका तिरुवा दाजुभाइमाथि सोधपुछ गर्ने क्रममा थप सुन बरामद भएको प्रहरीले जनाएको छ । शुक्लाफाँटा नगरपालिका ११ घर भएका लक्ष्मण तिरुवाले घरमा लुकाएको अवस्थामा थप सुन बरामद भएको हो । बरामद गरिएको १८ किलोे र पछि फेला परेको ५ किलो ६०० ग्राम सुन जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । सुन भारतबाट तस्करी गरी नेपाल भित्र्याइएको प्रहरीको अनुमान छ ।

Skip This
Skip This
Logo