देशवासीका नाममा प्रधानमन्त्रीले के के भने ? (पढ्नुहोस् पूर्णपाठ)

देशवासीका नाममा प्रधानमन्त्रीले के के भने ? (पढ्नुहोस् पूर्णपाठ)

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार देशवासीका नाममा सम्बोधन गरेका छन्। सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा उनले देशवासीका नाममा सम्बोधन गरेका हुन्।

सिंहदरबारस्थित ग्यालरी बैठकमा अपराह्न ४ बजेबाट सुरु भएको सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले सरकारले एक वर्षमा गरेका उपलब्धि सार्वजनिक गरेका थिए।

प्रधानमन्त्री ओलीले यो सरकार नौ महिने सरकार जस्तो नभएको बताएका छन् । प्रधानमन्त्री ओलीले नौ–नौ महिनामा सरकार परिवर्तन हुने बानी परेका नेपालीले यो सरकारले काम गरेरै एक वर्ष बिताउँदा अनौठो लागेको हुनसक्ने बताए ।

‘नेपालीलाई अनौठो बानी छ । नौ–नौ महिनामा नयाँ सरकार हेर्ने । सरकार बनेको तीन महिना चुप लाग्ने, अर्को तीन महिना खै त काम भन्ने । र नौ महिनामा सरकार फाल्ने,’ उनले भने, ‘यस्तो बानी परेका हामीहरुलाई सरकारले कामै गरेर एक वर्ष कटायो भन्दा अनौठो लागेको हुन सक्छ ।’

प्रधानमन्त्री ओलीले सरकारको एक वर्ष समृद्धिको आधार वर्ष भएको बताए । सरकारले विभिन्न योजना अगाडि बढाउँदा धेरै प्रश्न उठेको भन्दै ति नौ महिने सरकारका सार भएको बताए ।

‘आज मैले जे–जे प्रश्न सुनिरहेको छु, ति नौ महिने सरकारका अनुभवमा आधारित सार पो हुन कि ? यदि यस्तै हो भने विनम्र अनुरोध गर्दछु, प्रधानमन्त्रीले भनेका छन्, ‘बानी फेरौँ नयाँ बानी बसालौँ । अब सरकार फेरीदैँन, त्यसकारण बानी फेर्नुपर्छ ।’

प्रधानमन्त्री ओलीले जनताको विकासको तिर्खाबारे आफू जानकार रहेको उल्लेख गरे । ‘समस्याहरू छन् भन्ने थाहा छ। जनताको पाँच नम्बर गियरमा विकास होस् भन्ने छ’, ओलीले भने, ‘गियर क्रमश मात्र बढाउन सकिन्छ भन्ने विनम्र आग्रह गर्न चाहन्छु।’

उनले जग खन्दै गर्दा घर खै? भनेर प्रश्न गरिएको टिप्पणी गरे। आफूले गिलासमा आधा पानी भरिएको देखाउँदा आधा खाली भएको विषयमा प्रश्न गरिएको बताए।

पूर्णपाठ पढ्न यहाँ क्लिक गर्नुहोस्

Skip This
Skip This
Logo