काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले निष्कासन गरेको थप सार्वजनिक निष्कासन (एफपीओ) आवेदन दिने अन्तिम मिति भोलि अर्थात् कात्तिक २० गतेसम्म रहेको छ । कम्पनीले कार्तिक १२ गतेदेखि बिक्री खुला गरेको एफपीओमा माग भन्दा बढीको आवेदन परिसकेको छ ।
कम्पनीले ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँको प्रतिकित्ता १०० रुपैयाँका दरले ३ लाख ५० हजार ९०४.२५ कित्ता एफपीओ निष्कासन गरेको थियो । हालसम्म कम्पनीको एफपीओमा १ अर्ब ७० करोड ९३ लाख ४६ हजार रुपैयाँको आवेदन परेको छ ।
सिडिएसका अनुसार आज (कात्तिक १८ गते) बिहान ११ बजेसम्ममा ११ लाख २७ हजार १२१ जनाले १ करोड ७० लाख ९३ हजार ४६० कित्ताका लागि आवेदन दिएका हुन् । जुन मागभन्दा ४८.७१ गुणाले बढी आवेदन हो ।कम्पनीको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।
साविकको मनकामना स्मार्ट लघुवित्तलाई गाभेपछि प्रबन्धपत्रमा भएको व्यवस्था बमोजिम सेयर पूँजी संरचना अनुपात संस्थापकको ६९.४८ प्रतिशत र सर्वसाधारणको ३०.५२ प्रतिशत कायम गर्न नपुग सेयरका लागि सर्वसाधारणका लागि एफपीओ जारी गरिएको कम्पनीले बताएको छ ।
उक्त कम्पनीलाई धितोपत्र बोर्डले असोज २९ गते एफपीओ निष्कासन स्वीकृत दिएको थियो । लघुवित्तको एफपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिने बताइएको छ ।
हाल लघुवित्तको चुक्ता पुँजी ५६ करोड ४० लाख रुपैयाँ रहेको छ भने एफपीओ निष्कासन पश्चात् लघुवित्तको चुक्ता पुँजी ५९ करोड ९० लाख रुपैयाँ पुग्नेछ । अनलाइन प्रणाली मेरो सेयर तथा आफ्नो खाता रहेको बैंक तथा वित्तीय संस्थाका शाखाबाट एफपीओ भर्न सकिनेछ ।































प्रतिक्रिया