धरानकी उपमेयरको घरका कामदारलाई सरकारी तलब

धरानकी उपमेयरको घरका कामदारलाई सरकारी तलब

केन्द्रबिन्दु
0
Shares

धरान

( धरान उपमहानगरकी उपमेयर मञ्जु भण्डारी )
धरान उपमहानगरपालिकाको बजेट दुरुपयोग गरेको आरोप खेप्दै आएकी उपमेयर मञ्जु भण्डारीले आफ्नो घरकी कामदार महिलालाई उपमहानगरपालिकाबाटै तलव खुवाउने गरेको भेटिएको छ ।

मेयर तारा सुब्बाको निधनपछि कार्यबाहक मेयरको जिम्मेवारी सम्हालेकी भण्डारीले पदको दुरुपयोग गर्दै आफ्नो घरकी कामदार धरान–१५ की गीता मगरलाई उपमहानगरपालिकाबाट कर्मचारीको सेवा सुविधासहित मासिक तलव भुक्तानी गरेकी हुन् ।

उपमेयर भण्डारीले मगरलाई मासिक १६ हजार २ सय ३० रुपैयाँका दरले तलब उपलब्ध गराउन उपमहानगरको लेखा शाखालाई टिप्पणी उठाएर आदेश दिएकी थिइन् । त्यही अनुसार लेखा शाखाले मगरलाई तलब भुक्तानी गरेको हो । भण्डारीको आदेशमा मगरलाई गत मंसिर १ गतेदेखि तलब खुवाउने गरी उपमहानगरको प्रशासन शाखाले नियुक्तिपत्रसमेत दिएको छ ।

उपमेयर भण्डारीले कार्यपालिका सदस्यलाई समेत जानकारी नदिइ घरका कामदारलाई उपमहानरबाट सरकारी तलब खुवाएपछि अन्य जनप्रतिनिधले विरोध गरेका छन् । उपमेयर भण्डारीले भने नगरकार्यपालिकाबाट निर्णय गराई गीता मगरलाई कार्यालय सहयोगी नियुक्ति गरी घरमा कामदारका राखेको बताएकी छन् ।
अन्नपूर्णबाट

Skip This
Skip This
Logo