स्थानीय तह निर्वाचनअघि माओवादी केन्द्रीय समिति बैठक नबस्ने, पदाधिकारी बैठक बस्न सक्ने

स्थानीय तह निर्वाचनअघि माओवादी केन्द्रीय समिति बैठक नबस्ने, पदाधिकारी बैठक बस्न सक्ने

केन्द्रबिन्दु
51
Shares

काठमाडौँ । स्थानीय तह निर्वाचनमा सक्रियतापूर्वक लाग्नुपर्ने भएकाले निर्वाचनअघि नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक नबस्ने भएको छ ।

निर्वाचनको तयारी सम्बन्धमा आवश्यक निर्णय लिन पदाधिकारी बैठक भने बस्न सक्ने बताइएको छ ।

उपमहासचिव हरिबोल गजुरेलका अनुसार असोजको पहिलो साता सम्पन्न प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको संयुक्त परामर्श बैठकबाट आएका सुझावका आधारमा दसैँ–तिहारको बिचमा बस्ने भनिएको बैठक अध्यक्ष प्रचण्ड लगायत केन्द्रीय नेताहरू जिल्ला जिल्लामा व्यस्त भएको, तिहार, छठ जस्ता चाडपर्वका कारण सरेर तिहार लगत्तै बस्ने भनिए पनि अब स्थानीय तह निर्वाचनमा सक्रियतापूर्वक लाग्नुपर्ने भएकाले निर्वाचनअघि केन्द्रीय समिति बैठक नबस्ने भएको छ ।

निर्वाचन आयोगले मङ्सिर १६ गते स्थानीय तह उपनिर्वाचनको तयारी गरेको छ । सात प्रदेशका विभिन्न ४४ रिक्त पदका लागि निर्वाचन हुन लागेको छ ।

Skip This
Skip This
Logo