काठमाडौँ । रोयल इन्फिल्डले आफ्नो सहायक कम्पनीका रूपमा ‘फ्लाइङ फ्ली’ को निर्माण गरेको छ । इटालीको मिलान सहरमा चलिरहेको संसारकै प्रसिद्ध मोटर शो ईआईसीएमए २०२४ मा रोयल इन्फिल्डले आफ्नो नयाँ इलेक्ट्रिक बाइक ब्रान्ड फ्लाइङ फ्ली सार्वजनिक गर्नुका साथै पहिलो मोडल सी६ समेत लन्च गरेको हो ।
डिजाइनमा रोयल इन्फिल्डको लिगेसी झल्किने रेट्रो लुक र मोडर्न फिचरको कम्बोको रूपमा आएको यो बाइक हेर्दा पनि शानदार देखिन्छ ।
यसमा रेट्रो लुक भएको राउन्ड हेडल्याम्प दिइएको छ, जसमा एलईडी लाइट छ । यसलाई आल्मुनियम फ्रेममा तयार गरिएको छ । बाइकमा आकर्षक टेलल्याम्प, टायर हगर र टर्न इन्डिकेटर छ । यसको फ्रन्टमा युनिक गर्डर फोर्क सस्पेन्सन सिस्टम र रियरमा मोनोशक सस्पेन्सन सिस्टम छ । यसमा अलोय ह्विल र सिंगल सिटका साथ स्प्लिट सिट कस्टमाइजेसनको विकल्प पनि छ ।
सो बाइकको ब्याट्री प्याक, रेन्ज र पावरट्रेनको बारेमा कुनै जानकारी सार्वजनिक भएको छैन । तर बाइकमा टचस्क्रिन टीएफटी डिस्प्लेका साथ इन–हाउस बिल्ड सफ्टवेयर छ । यसलाई ओभर द एयर अपडेट गर्न सकिन्छ । त्यसैगरी कर्नरिङ एबीएस, ट्रयाक्सन कन्ट्रोल र भेइकल कन्ट्रोल युनिटमा २ हजार भन्दा धेरै राइड मोड कम्बिनेसन समेत अन्य धेरै फिचर छन् ।
भारत मोबिलिटी २०२५ मा सार्वजनिक हुने सम्भावना रहेको फ्लाइङ फ्ली सी६ इलेक्ट्रिक बाइकको औपचारिक बिक्री भने सन् २०२६ मा मात्र हुने सम्भावना छ ।































प्रतिक्रिया