काठमाडौँ । ग्लोबल आइएमई बैंकको १८औँ वार्षिक साधारण सभा मंसिर २७ गते हुने भएको छ । बैंकको २०८१ कार्तिक १४ गते बसेको सञ्चालक समितिको ४४७ औँ बैठकले वार्षिक साधारण सभा उक्त मितिमा गर्ने निर्णय गरेको हो ।
बैंकका अनुसार वार्षिक साधारण नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा बिहान १० बजेदेखि सञ्चालन हुनेछ । बैंकले मंसिर ९ गते आइतबार १ दिन शेयरधनी दर्ता किताब बन्द गरिने पनि जानकारी दिएको छ ।
आर्थिक वर्ष २०८०–०८१ को वितरणयोग्य मुनाफाबाट बैंकको चुक्ता पूँजीको ५.५० प्रतिशत बोनस शेयर लाभांशका रूपमा शेयरधनीहरूलाई वितरणका लागि प्रस्ताव गरिएको पनि बोर्ड सचिवालयका प्रबन्धक विश्व सुवेदीले जानकारी दिए ।





























प्रतिक्रिया