लडाकुहरु समाजमा अझै स्थापित हुन सकेनन्- प्रचण्ड (भिडियोमा)

लडाकुहरु समाजमा अझै स्थापित हुन सकेनन्- प्रचण्ड (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धका योद्धाहरुले समाजमा स्थापित हुन अझै आफुलाई प्रमाणित गर्नुपर्ने देख्दा दुख लागेको बताएका छन् ।

नेकपा माओबादीको जनयुद्धका कमान्डर समेत रहेका नेकपा युवा नेता सरल सहयात्रीको उपन्यास शिखरको ढुङ्गा नामक पुस्तकको बिमोचन गर्दै यस्तो बताएका हुन् ।

नेकपा अध्यक्ष प्रचण्डले जनयुद्धमा होमिएका हरेक योद्धा आफैमा उत्कृष्ट व्यक्ति हुदाहुदै पनि अहिले समाजमा आफुलाई उभ्याउन प्रमाणित गर्नु परेको देख्दा दुख लागेको बताए ।

तर पछिल्लो समय देशलाई युगान्तकारी परिवर्तनको लागि लडेका योद्धा विभिन्न क्षेत्रबाट राज्यको मूलप्रवाहीकरणमा बिस्तारै आएको आभास हुन थालेको पनि बताएका छन् । यसले समाजले भने जस्तो जनयुद्धमा होमिएका कोहि पनि अविवेकी थिएनन् भन्ने प्रमाणित गरेको भन्दै अध्यक्ष प्रचण्डले खुसि ब्यक्त गरे ।

अहिलेको परिवर्तनका लागि जनयुद्धमा लागेका सबैको महत्वपूर्ण भूमिकाको कारणले देशमा समाजबादको महायात्रामा देश अगाडी बढेको पनि अध्यक्षले बताए । शान्तिपूर्ण र लोकतान्त्रिक अभ्यासको माध्यमले समाजबाद तर्फ जान सकिने उदाहरण पनि नेपालले दिएको नेकपा अध्यक्षको तर्क छ ।

लेखक सरल सहयात्री जीवनको विभिन्न काल खण्डलाई र आफु जनयुद्धमा हँुदा देखे भोगेका बिषयलाई उपन्यासको रुपमा पाठक माझ ल्याएका हुन् । लेखक जनयुद्धका पुर्व कमान्डर थिए भने उनले सगरमाथाको सफल आरोहण पनि गरेका छन् ।

Skip This
Skip This
Logo