काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सामान्य सुधार देखिएको छ । सोमबार साँझदेखि एक्कासी ज्वरो आएपछि बालुवाटारस्थित सरकारी निवासमा आराम गरिरहेका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार देखिएको हो।
प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्रीलाई ज्वरो आउने क्रम विस्तारै कम भएको र खानासमेत रुच्न सुरु भएको छ।
ज्वरो आएपछि प्रधानमन्त्री ओलीले सोमबार साँझदेखि अत्यावश्यकबाहेक अन्य सबै भेटघाटसमेत स्थगित गरेको सचिवालयले जनाएको छ।





























प्रतिक्रिया