‘फीन इलेक्ट्रो टेक -२०२४’ कार्तिक २९ गतेदेखि आयोजना हुने, तयारी अन्तिम चरणमा

‘फीन इलेक्ट्रो टेक -२०२४’ कार्तिक २९ गतेदेखि आयोजना हुने, तयारी अन्तिम चरणमा

केन्द्रबिन्दु
48
Shares

काठमाडौं । यही कार्तिक २९ गते बिहीबारदेखि काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने ‘फीन इलेक्ट्रो टेक– २०२४’ को तयारी अन्तिम चरणमा छ ।

‘प्रविधिको नयाँ आयाम, विद्युतीय सामग्रीमा सुरक्षा र गुणस्तर कायम’ मुख्य नारासहित नेपाल विद्युतीय व्यवसायी महासंघ (फीन)ले आयोजना गर्न लागेको यो मेला ४ दिन अर्थात् मंसिर २ गतेसम्म चल्नेछ ।

११औं संस्करणको यस फीन इलेक्ट्रो टेकमा इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सामग्रीहरुको किनबेचसँगै यस बारेमा आवश्यक जानकारी समेत उपलव्ध गराइनेछ । साथै यो वर्ष इलेक्ट्रिक सामग्रीको सुरक्षित प्रयोग र गुणस्तरलाई विशेष प्राथमिकता दिइएको फीनका अध्यक्ष रेशम प्रसाद देवकोटाले जानकारी दिए ।

प्रत्येक दुई–दुई वर्षमा आयोजना हुने ‘इलेक्ट्रो टेक’ मेलाअन्तर्गत यो वर्षको मुख्य प्रायोजन ट्रान्सवेल्ड नेपाल प्रा.लि.ले गर्नेछ । इलेक्ट्रो टेक मेलामा नेपालमा नै उत्पादिन विद्युतीय सामग्रीका साथै अन्तर्राष्ट्रिय ब्राण्डहरु पनि प्रदर्शनमा राखिँदै आएको छ । मेलामा नेपाली उत्पादन लगायत बहुराष्ट्रिय कम्पनीका उत्पादनहरु, ट्रान्समिसन तथा डिष्ट्रिव्यूसन सामग्री,उर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ सामग्री, वायर, केबुल एवं कण्डक्टर, हाउसहोल्ड उपकरण प्रदर्शनीमा राखिने छ ।

यसअघि फीन इलेक्ट्रो टेक मेलाको तयारीस्वरुप फीनले स्टेक होल्डर तथा विज्ञापन दाताहरुसँग परामर्श कार्यक्रम आयोजना गरेको थियो । नेपाल विद्युतीय महासंघका पदाधिकारी, फिन इलेक्ट्रो टेक २०२४ को टाइटल, डायमण्ड, गोल्ड र प्लाटिनम स्पोन्सरलगायत विज्ञापन दाताहरुको सहभागिता रहेको थियो । उनीहरुले यो मेलालाई अझै भव्य र सभ्य बनाउन आ आफ्ना धारणा राखेका थिए ।

Skip This
Skip This
Logo