ललितपुर । सहमतिमै यौन सम्बन्ध राख्दा पनि एक युवकलाई ८ वर्षको जेल सजाय तोकिएको छ । प्रेमिकासँग सहमतिमै शारीरिक सम्बन्ध राखे पनि उमेर नपुगेको आधारमा जिल्ला अदालत ललितपुरले एक युवकलाई ८ वर्ष कैद सजाय सुनाएको हो ।
वागमती, ४ स्याउलेका दीपेन्द्र लोलाई अदालतले ८ वर्षको जेल सजाय तोकेको हो । जिल्ला न्यायाधीश डा. रमेशप्रसाद रिजालको इजलासले १४ वर्षमनिको किशोरीसँग सहमतिमा यौनसम्पर्क भए पनि कानुनले त्यसलाई बलात्कार मानेको ठहर गर्दै उनलाई सो सजायको फैसला सुनाएका हुन् ।
लो विरुद्ध ०७५ जेठ ११ गते प्रहरीमा जाहेरी परेको थियो । नेपालको कानूनले १४ वर्ष भन्दा मुनिका किशोरीसँग सहमतिमै पनि यौन सम्बन्ध राखे बलात्कार गरेको ठहर गर्छ । किशोरीको उमेर १४ वर्षभन्दा मुनि छ ।
युवक र किशोरी दुवैले मन पराएर प्रेम सुरु भएको र सहमतिमै शारीरिक सम्बन्ध राखेको बयान दिएका थिए । अदालतले पनि उनीहरु कानुनबारे जानकारी नभएको अनुमान गरेको छ । तर फौजदारी न्यायमा कानुनको अनभिज्ञता क्षम्य हुँदैन भने सिद्धान्त छ ।





























प्रतिक्रिया