काठमाडौं । ‘भ्यालेनटाइन डे’ अर्थात प्रणय दिवस । पश्चिमा देशहरुबाट मनाउँन सुरु गरिएको भ्यालेनटाइन डे पछिल्लो समय देखि नेपालमा पनि मनाउन थालिएको छ ।
‘भ्यालेनटाइन डे’ मा प्रेमि–पे्रमिकाहरु माया, खुसी र उपहार साटासाट गरी मनाउने गर्दछन् । विशेषगरी यो दिन प्रेम प्रस्ताव गर्ने र स्वीकार गर्ने गरिन्छ । भ्यालेनटाइन डे लाई प्रेमको ठुलो उत्सवको रुपमा लिइने गरिएको छ । प्रेमिल जोडीहरु भ्यालेनटाइन डे मा विशेष आफ्नो प्रेमि प्रेमिकासँग पूरै समय बिताउने गर्दछन् । विषेश गरि भ्यालेनटाइन डे मा नजिका स्थानहरुमा घुम्न जान उपयुक्त हुन्छ ।
हामी घुमघाम भन्ने बितिकै पोखरा, चितवन, मस्ताङ लगायतका टाढाका ठाँउहरुको कल्पना गर्ने गर्छौ तर काठमाडौं उपत्यका भित्र पनि यस्ता थुप्रै सुन्दर ठाँउहरु छन् जहाँ तपाईहरु छोटो समयमा पुग्न सक्नु हुन्छ । वर्षभरी आफ्नो कामकाजमा व्यस्त भएतापनि यो प्रेमिल मौसम अर्थात भ्यालेनटाइन डे मा लभ कपलहरु एकअर्कासँग धेरै समय बिताउने र नयाँ–नयाँ ठाँउमा घुम्न जाने गर्दछन् ।
काठमाडौं उपत्यका नजिकका रमणीय ठाउँहरु जहाँ प्रेमि प्रमिकाहरु भ्यालेनटाइन डे मा माया, खुसी र उपहार साटासाट गरी केहि समयसँगै बिताउनको लागि घुम्न जाने गर्दछन् । काठमाडौं उपत्यकामा स्वप्न बगैंचा (ड्रिम्स अफ गार्डेन), गोदावरी, नगरकोट, चोभार, सुन्दरीजल लगायतका क्षेत्रमा ‘भ्यालेनटाइन जोडीले घुम्न जान सक्नेछन् ।































प्रतिक्रिया