माउन्टेन आईस प्रिमियम स्ट्रङ्ग बियर नेपाली बजारमा

माउन्टेन आईस प्रिमियम स्ट्रङ्ग बियर नेपाली बजारमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । जावलाखेल ग्रुप अफ इन्डष्ट्रिज (जेजीआई) ले माउन्टेन आईस प्रिमियम स्ट्रङ्ग बियर बजारमा ल्याएको छ । बियर पारखीहरुको स्ट्रङ्ग बियरप्रतिको चाहनालाई मध्यनजर गर्दै जावलाखेल ग्रुपअफ ईन्डष्ट्रिज अन्तर्गतको राजब्रुअरिले प्रिमियम स्ट्रोङ्ग बियर, माउन्टेन आईस बजारमा ल्याएको हो ।

अन्तर्राष्ट्रिय स्तरको आयातित मल्ट र छानिएको हप्सको समायोजन बाट उत्पादन गरिएको हुन्छ । ६.५% अल्कोहल भोलुम र ६५० एम.एल. को बोतलको २३० रुपैयाँ मुल्य भएको यस माउन्टेन आईसलाई ‘ब्रिउड फर एड्भेन्चर – रियल टेस्ट रियल बियर’ को ट्यागलाईन सहित, स्ट्रङ्ग, स्मुथ र रिफ्रेसिङ्ग अनुभव प्रदान गर्ने भनि बजारमा ल्याईएको हो ।

‘अन्तर्राष्ट्रिय स्तरको स्ट्रङ्ग बियर अनुभवको माग बियर पारखीहरुमा बढेकाले, त्यो मागको पुर्ति गर्न माउन्टेन आईस प्रिमियम ब्रान्ड र प्याकेजिङ्ग सहितल्याईएको हो’, जावलाखेल ग्रुपअफ ईन्डष्ट्रिजका प्रबन्ध निर्देशक राजबहादुर शाहले भने ।

स्ट्रङ्ग बियरको मागदिन प्रतिदिन बढ्दै गएको र यो लामो समयसम्म नै रहने भएकाले यो बियर पारखीहरुको पहिलो रोजाईका लागि नै ल्याएको हो जावलाखेल गु्रपअफ ईन्डष्ट्रिजका गु्रपकार्यकारी निर्देशकशसिन जोशीको भनाई छ ।

राजधानी र नेपालका प्रमुख शहरहरुमा यसै महिना देखि बिक्री बितरण सुरु हुने भएपनि नेपाल भरी भने केहि समयमै सुरु हुनेछ । जावलाखेल ग्रुप अफ इण्डष्ट्रिज (जेजीआई) विभिन्न मदिराजन्य पेय पदार्थको उपादन तथा विक्री वितरणको व्यवस्थापन गर्ने एक व्यापारिक समूह हो ।

डिस्टिलरी, बु्रअरी उत्पादन कक्ष, अनुसन्धान र वितरण युनिटको मदिराजन्य संयुक्त प्रयासबाट पेय पदार्थका बिभिन्न श्रेणीका ब्रान्डहरु नेपाली बजार र अन्र्तराष्ट्रिय बजारका लागि उत्पादन गर्दै आएको छ ।

Skip This
Skip This
Logo