विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं कोशी प्रदेश सभा सदस्य भीम पराजुलीले छठ पर्वको अवसरमा २७औं पटक दण्डप्रणाम यात्रा गरेका छन् ।
वैदिक सनातन हिन्दू राष्ट्र, लोक कल्याण, विश्व शान्ति, राष्ट्र हित र धर्म रक्षाका लागि पराजुलीले २७औं पटकको दण्डप्रणाम यात्रा गरेको वताएका छन् । विराटनगर–३ पोखरीया ठूलो मिल स्थित राधाकृष्ण शिव पञ्चायन मन्दिरबाट परोपकार घाट पूजा स्थलसम्म झण्डै अढाई किलोमिटरको दूरी तय गर्दै पराजुलीले २७औं पटक दण्डप्रणाम यात्रा सम्पन्न गरेका हुन् ।
यस क्रममा पराजुलीले साढे ५ घण्टाको दूरी पार गरेर अस्ताउँदो सूर्यलाई अर्घ्य दिएको पराजुलीका स्वकीय सचिव लोकेन्द्र तिम्सिनाले जानकारी दिए । यसपटक बिहीबार अस्ताउँदो सूर्यलाई अर्घ दिएर र शुक्रबार उदाउँदो सूर्यलाई अर्घ्य दिए पछि छठ पर्व सम्पन्न हुनेछ । यसका अलावा पराजुलीको घरमा सदाझैं यसपटक पनि शुक्रबार प्रसाद वितरण कार्यक्रम राखिएको पराजुलीको सचिवालयले जनाएको छ ।































प्रतिक्रिया