सावित्री कंचनजंगा एमपीएल सिजन २ आजबाट सुरु, फाइनल शनिबार हुने

सावित्री कंचनजंगा एमपीएल सिजन २ आजबाट सुरु, फाइनल शनिबार हुने

केन्द्रबिन्दु
45
Shares

काठमाडौं । सावित्री कंचनजंगा अगरबत्तीसँगको सहकार्यमा महेश्वरी समाज, महेश्वरी युवामञ्च काठमाडौंले आयोजना गरेको दोस्रो संस्करणको महेश्वरी प्रिमियर लिग (एमपीएल) क्रिकेट आजबाट सुरु भएको छ । काठमाडौंको रातोपुलस्थित भेलोसिटी एसिनामा एमपीएल सिजन २ आजबाट सुरु भएको हो ।

कात्तिक २४ गतेसम्म सञ्चालन हुने एमपीएलमा पुरुषतर्फ ६ टोली र महिलातर्फ ३ टोली सहभागी रहेको महेश्वरी युवामञ्च काठमाडौंका अध्यक्ष पंकज सारडाले जानकारी दिए ।

पुरुषतर्फ हरेक टोलीले ५/५ वटा म्याच खेल्ने छन् भने महिलातर्फ पनि लिगका खेल हुनेछन् ।

अध्यक्ष सारडाले महिला पुरुष दुवैतर्फको फाइनल खेल शनिवार हुने जानकारी दिए । प्रत्येक वर्ष महेश्वरी युवामञ्चले तिहार र छठको बेला यस क्रिकेट प्रतियोगिताको आयोजना गर्दै आएको छ । एमपीएल क्रिकेट इन्डियन प्रिमियर लिग (आइपिएल)काे फर्म्याट्मा खेलाइन्छ । गत वर्ष एमपीएल क्रिकेटको उपाधि पुरुषतर्फ चिताह चेजर्स र महिलातर्फ फायर फाइटर्सले हात पारेका थिए ।

महेश्वरी युवामञ्चले यस्ता विभिन्न खेलकुदका कार्यक्रमहरू बेलावखत आयोजना गरिराख्ने अध्यक्ष सारडाले जानकारी दिए । सामाजिक काममा पनि अग्र उक्त युवामञ्जले थुप्रै ठाउँमा गएर सहयोगहरू पनि गर्दै आएको छ ।

Skip This
Skip This
Logo