दीपक मनाङेले भने – फैसलाको पूर्णपाठ प्राप्त भएपछि अदालतमा उपस्थित हुनेछु

दीपक मनाङेले भने – फैसलाको पूर्णपाठ प्राप्त भएपछि अदालतमा उपस्थित हुनेछु

केन्द्रबिन्दु
63
Shares

काठमाडौँ । सर्वोच्च अदालतबाट दोषी ठहर भएका गण्डकी प्रदेशका प्रदेश सभा सदस्य दीपक मनाङे (राजीव गुरुङ) ले फैसलाको पूर्ण पाठ आएपछि आफू अदालतमा उपस्थित हुने बताएका छन् । शुक्रबार एक विज्ञप्ति जारी गर्दै प्रदेशसभा सदस्य मनाङेले यस्तो बताएका हुन् ।

पूर्वमन्त्री दीपक मनाङेले आफू सम्पर्कविहीन भएको भन्ने समाचार असत्य रहेको बताएका छन् । आफू सम्पर्कविहीन भएको भन्ने समाचारप्रति आपत्ति जनाएका छन् ।

केही दिनअघि सर्वोच्च अदालतबाट दोषी ठहर भएसँगै उनी सम्पर्कविहीन भएको समाचार बाहिर आएको थियो । उनले सर्वोच्च अदालतमा विचाराधीन रहेको आफ्नो मुद्दाको फैसला भएको विषय आफ्नो कानुन व्यावसायीमार्फत थाहा पाएको बताएका छन् ।

Skip This
Skip This
Logo