मकवानपुरको थाहा जाँदै प्रचण्ड, चित्लाङबाट ५ सय वटा मोटरसाइकलले स्कर्टिङ गर्ने

मकवानपुरको थाहा जाँदै प्रचण्ड, चित्लाङबाट ५ सय वटा मोटरसाइकलले स्कर्टिङ गर्ने

केन्द्रबिन्दु
36
Shares

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज मकवानपुर जाँदै छन् ।

वाईसीएल नेपाल थाहानगर कमिटीको दोस्रो सम्मेलनको उद्घाटन गर्न अध्यक्ष दाहाल जिल्लाको थाहा नगरपालिकाको पालुङ जाने भएका हुन् । उनले पालुङको ईन्द्रायणी चौरमा हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

आज बिहान ९ बजे चन्द्रागिरीको बाटो हुँदै चित्लाङ पुग्ने जनाइएको छ । अध्यक्ष प्रचण्डलाई चित्लाङबाट ५ सय वटा मोटरसाइकलले स्कर्टिङ गर्दै पालुङ ल्याउने कार्यक्रम रहेको नेकपा माओवादी केन्द्र थाहा नगरका अध्यक्ष विनोद लामाले जानकारी दिए । अध्यक्ष प्रचण्डले बिहानको खाना बज्रबाराहीमा खाने कार्यक्रम रहेको उनले बताए ।

चित्लाङबाट पालुङ आउँदा त्यस बीचमा पर्ने थाहा नगरको वडा समितिले अध्यक्ष प्रचण्डलाई स्वागत गर्ने र बज्रबाराहीमा विशेष स्वागत कार्यक्रम रहेको छ । अध्यक्ष प्रचण्डले कुन्छालमा सहिद परिवारसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको अध्यक्ष लामाले जानकारी दिए । अध्यक्ष प्रचण्डसँगै पार्टीका उपाध्यक्ष अग्नी सापकोटा, बाइसीएलका केन्द्रीय अध्यक्ष सुबोध शेर्पालीसहित केन्द्रीय सदस्य, बागमती प्रदेश अध्यक्षसहितको सहभागिता रहने छ । कार्यक्रममा शहीद तथा बेपत्ता परिवार, पूर्वजनमुक्ति सेनालाई सम्मान गरिने छ ।

कार्यक्रमलाई भव्य बनाउन थाहाको गोपाली गाउँबाट इन्द्रायणी चौरसम्म विभिन्न झाँकीसहित पदैल र्‍यालीको तयारी गरिएको अध्यक्ष लामाले बताए । उनका अनुसार र्‍यालीमा महिला पञ्चेबाजा, तामाङहरूको झाँक्री नाँच, महिलाहरूको खैँजडी, गोपालीहरूको बासुरीको धुन, नेवारहरूको धिमे बाजासहित विभिन्न झाँकीले अध्यक्ष प्रचण्डको स्वागत गर्ने तयारी भएको छ ।

अध्यक्ष प्रचण्ड थाहा नगरमै बस्ने कार्यक्रम रहेको अध्यक्ष लामाले जानकारी दिए । पालुङको सभालाई सम्बोधनपछि शनिबारको रात प्रचण्डले बज्रबाराहीको एक होटलमा बिताउने भएका छन् । उनले त्यहीँ नेता तथा कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम समेत रहेको छ ।

आइतबार पार्टीका नेता कार्यकर्तालाई प्रशिक्षण दिने कार्यक्रम रहेको छ । पालुङमा रहेको जेसीज हलमा माओवादी केन्द्र बागमती प्रदेश समितिका अध्यक्ष सरल सहयात्रीले प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।

Skip This
Skip This
Logo