इजिप्टबाट फर्किए उपप्रधानमन्त्री सिंह

इजिप्टबाट फर्किए उपप्रधानमन्त्री सिंह

केन्द्रबिन्दु
18
Shares

काठमाडौँ । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह स्वदेश फिर्ता भएका छन् । १८ कात्तिकमा वर्ल्ड अर्बान फोरमको कार्यक्रममा सहभागी हुन इजिप्टको कायरो प्रस्थान गरेका उनी शनिबार स्वदेश फर्किएका हुन् ।

स्वदेश फर्किएसँगै विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले नेपालले बस्ती विकासका क्रममा भोगेका समस्या, जलवायु परिवर्तनका कारण भोगिरहेको समस्या र बस्ती विकासमा नेपालले हासिल गरेको उपलब्धिबारे संसारको ध्यानाकर्षण गराएको बताए ।

उनले भने, ‘सहरहरु निर्माण गर्नको लागि हामीले धेरै हाइलाइट गरेका छौँ । जलवायु परिवर्तनका कारण सहरहरुमा अति वृष्टि हुने तथा हिमालहरुबाट लेकहरु फोर्स भएर ट्राइजिटिहरु हुने भएका कारणले भोगिरहेको समस्या र बस्ती विकासमा नेपालले हासिल गरेको उपलब्धिबारे संसारको ध्यानाकर्षण गराएका छौँ ।’

साथै, उनले नेपालको सहरहरुलाई विकास गर्न सबै राष्ट्रको सहयोगको आवश्यक्ता रहेको समेत ध्यानाकर्षण गराएको बताए । उनले आउने दिनहरुमा स्थानिय तहदेखि नै यस्ता कार्यक्रमहरूमा सहभागिता जनाउँदा कामहरू दिगो तरिकाले गर्न सकिने समेत बताए ।

Skip This
Skip This
Logo