सहकारी प्रकरण होस् की मानव तस्करी कसैलाई छाड्नुहुन्नः गगन थापा

सहकारी प्रकरण होस् की मानव तस्करी कसैलाई छाड्नुहुन्नः गगन थापा

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी प्रकरण होस् की जनप्रतिनिधि मानव तस्करीमा संलग्न सबैलाई कारबाही हुने बताएका छन् । कानुन विपरीत कार्य गर्ने सबै जना कानुनी प्रक्रिया अनुसार अनुसन्धानको दायरामा आउनुपर्ने उनको भनाई छ ।

गणेशमान सिंहको जन्मजयन्तीको अवसरमा हार्दिक श्रद्धा सुमन प्रकट गर्दै महामन्त्री थापाले भने, ‘सहकारी प्रकरण होस् की जनप्रतिनिधि मानव तस्करीमा संलग्न रहेको प्रकरण होस्, यस्ता प्रकरणमा संलग्न सत्ताको नजिकको होस की टाढाको होस्, नयाँ होस् की पुरानो होस्, भिडको होस् की टाकुराको होस्, एक्लो होस् की शक्तिशाली होस् कानुन सबैको लागी बराबर हुनुपर्छ। गल्ती गर्नेले सजाय भोग्नुपर्छ। सबै कानुनी दायरामा आउनुपर्छ र सबैले आफ्नो भागको कानुनी दायित्व बोक्नुपर्छ।’

बन्द कोठाको बैठकमा होस कि सार्वजनिक स्थानमा होस, पार्टी सरकार मा हुँदा होस कि प्रतिपक्षमा हुँदा होस आफ्नो यो मान्यता र विश्वास बबदलिने उनको भनाई छ ।

उनले भनेका छन्, ‘कुनै पनि व्यक्तिलाई राज्यले सेलेक्टिभ ढङ्गले हेर्न पाइँदैन। यो विचार,आबद्धता वा पृष्ठभूमिको आधारमा हुने छनोटको विषय होइन, विधिको विषय हो। म यो मान्यतामा अटल विश्वास गर्छु। त्यसैले बन्द कोठाको बैठकमा होस कि सार्वजनिक स्थानमा होस, पार्टी सरकार मा हुँदा होस कि प्रतिपक्षमा हुँदा होस मेरो यो मान्यता र विश्वास बदलिँदैन।’

Skip This
Skip This
Logo