काठमाडौं । नेकपा एमालेले सिंगो पार्टी पंक्तिलाई मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा सिफारिस उम्मेदवारको नाम अनुमोदन गरेको छ ।
शनिबार बसेको एमाले सचिवालय बैठकले एमालेको तर्फबाट सिफारिस भई आएको उम्मेदवारको नाम अनुमोदन गरेको र सिङ्गो पार्टी पंक्तिलाई उपनिर्वाचनमा एमालेको विजयीका निम्ति परिचालन हुन आह्वान गर्ने पनि निर्णय गरेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
उनले भने, ‘उपनिर्वाचनमा नेकपा एमालेको तर्फबाट सिफारिस भई आएका,प्रदेश कमिटीले निर्णय गरी पठाएका उम्मेदवारको नाम अनुमोदन गर्ने काम गरेको छ र सिङ्गो पार्टी पंक्तिलाई उपनिर्वाचनमा एमालेको विजयीका निम्ति सम्पूर्ण सामर्थ्यका साथ परिचालन हुन आह्वान पनि गरेको छ ।’
त्यस्तै, उनले एमाले र कांग्रेसले बनाइएको दुई दलीय राजनीतिक संयन्त्र प्रधानमन्त्रीको चीन भ्रमणका लागि नबनेको दाबी गरे । दुई दलबीच निरन्तर संवाद सहकार्य भइरहने वातावरण निर्माणका लागि वृहत उद्देश्यका साथ संयन्त्र बनाइएको उनको भनाई छ ।































प्रतिक्रिया