काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई म्याद थपका लागि कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ । सहकारी ठगी प्रकरणमा मुछिएर पक्राउ परेका उनलाई आज १० बजेपछि अदालतमा उपस्थित गराइएको हो ।
लामिछानेविरुद्ध अनुसन्धानका लागि अदालतले पछिल्लो पटक दिएको १० दिनको म्याद सकिएको छ । म्याद सकिएसँगै उनलाई आज चौथो पटक कास्की जिल्ला अदालतमा उपस्थित गराइएको हो ।
अनुसन्धानका लागि अदालतले गत कात्तिक २० गते १० दिनको म्याद दिएको थियो । १४ गतेदेखि गणना हुनेगरी उक्त म्याद थप भएको थियो । सो म्याद आज सकिएसँगै अब चौथो पटक म्याद थपको तयारी गरिएको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ ।
लामिछानेविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधको मुद्दा छ ।





























प्रतिक्रिया