काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई धेरै हल्ला नगर्न भनेका छन् ।
सहकारी ठगी प्रकरणमा मुछिएका रास्वपाका सभापति रवि लामिछाने पक्राउ परेसँगै रास्वपाले देशव्यापी प्रदर्शन गरिरहेको सन्दर्भमा देउवाले यस्तो बताएका हुन् ।
उनले अदालती विषयमा हल्ला गर्न नहुने बताएका हुन् । ‘हाम्रा साथीहरूलाई मुद्दा चलाइयो,’ उनले भने, ‘कहिल्यै होहल्ला गरेनौँ, यो अदालती प्रक्रियामा छ।’































प्रतिक्रिया