धनगढीमा जारी धनगढी प्रिमियर लिग (डीपीएल) मा काठमाडौं गोल्डेनले विजयी सुरूवात गरेको छ।
धनगढीस्थित फाप्ला मैदानमा सम्पन्न खेलमा घरेलु टोली धनगढी स्टार्सलाई ४ विकेटले हराउँदै काठमाडौंले विजयी सुरूवात गरेको हो।धनगढीले दिएको १३३ रनको लक्ष्य काठमाडौंले अन्तिम बल बाँकी छँदै ६ विकेट गुमाएर पुरा गर्यो।
टस हारेर पहिले ब्याटिङ गरेको धनगढीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ३२ रन बनाएको थियो।
काठमाडौंको जितमा अंकित दाबासले सर्वाधिक २९ रन बनाए। गौरव तोमारले २८ रन बनाउँदा अनिलकुमार साहले २४ रन जोडे। अन्तिममा बिक्रम भुसालले १४ तथा मेहबुब आलमले १२ रन बनाएर अभिजित रहे।
धनगढीका लागि रोहन मुस्ताफाले सर्वाधिक ४ विकेट लिए पनि हारबाट जोगाउन सकेनन्। आमिर हायात र विपिन खत्रीले १-१ विकेट हात पारे। धनगढीका लागि अमित श्रेष्ठले अर्धसतकीय पारी खेले। ५० बलमा ५० रन बनाएका अमित प्रतियोगिताकै पहिलो अर्धसतक प्रहार गर्ने खेलाडी बने।































प्रतिक्रिया