सामसङ ग्यालेक्सी ए१६ फाइभजी लन्च, यस्ता छन् फिचर

सामसङ ग्यालेक्सी ए१६ फाइभजी लन्च, यस्ता छन् फिचर

केन्द्रबिन्दु
90
Shares

काठमाडौं । सामसङले ६ वर्षको सफ्टवेयर सपोर्ट, सिक्नेचर ‘कि आइल्याण्ड’ सहितको प्रिमियम ग्यालेक्सी ए-सिरिज डिजाइन, आईपी५४ रेटिङ, मिडियाटेक प्रोसेसर र ट्रिपल क्यामेरा सिस्टमको साथमा नयाँ किफायती मिडरेन्ज स्मार्टफोन ग्यालेक्सी ए१६ फाइभजी ल्याएको छ ।

नयाँ ग्यालेक्सी ए१६ फाइभजी नोभेम्बर ९ मा ओटाकु जात्रामा लन्च गरिएको थियो, जहाँ उपभोक्ताहरू इभेन्टमा उपकरणको प्रत्यक्ष अनुभव गर्न पाउँदा धेरै उत्साहित थिए । थुप्रै प्रशंसकहरू र प्राविधिक उत्साहीहरूका लागि एक केन्द्रको रूपमा रहेको ओटाकु जात्रा ग्यालेक्सी ए१६ फाइभजीका रोमाञ्चक सुविधाहरु प्रदर्शन गर्न उत्तम ठाउँ थियो । यस जीवन्त कार्यक्रममा सहभागी भएर सामसङले नेपाली उपभोक्ताहरूका लागि नवीन अनुभव ल्याउँदै जीवन्त, प्राविधिक ज्ञान भएका समुदायसँग संलग्न रहन जारी राखेको छ ।

ग्यालेक्सी ए१६ फाइभजी लोकप्रिय गायक वाङ्देन शेर्पासँग नोभेम्बर ९ मा सिल्भर ओक बैंक्वेटमा ओटाकु जात्रामा सार्वजनिक गरिएको थियो ।

सामसङ नेपालका निर्देशक प्रणयरत्न स्थापितले भने, ‘आफ्नो सेग्मेन्टमा ६ पुस्ताको ओएस अपग्रेड र ६ वर्षको सुरक्षा अपडेटहरू उपलब्ध गराएर ग्यालेक्सी ए१६ फाइभजी ले भ्याल्यु प्रपोजिसनलाई पुनः परिभाषित गर्न प्रयोगकर्ताहरूलाई लामो समयसम्म नवीनतम सुविधाहरूको आनन्द लिन सक्षम बनाउँदै मिड-रेन्ज स्मार्टफोनहरूमा अतुलनीय अनुभव प्रदान गर्न तयार छ ।’

सामसङले ग्यालेक्सी ए१६ फाइभजी लाई ग्यालेक्सी ए-सिरिजको सबैभन्दा पातलो मिड-रेन्ज उपकरणको रूपमा प्रस्तुत गरेको छ, जसको मोटाइ मात्र ७.९ एमएम रहेको छ । यसको पातलो, स्लिम डिजाइनले गर्दा प्रयोगकर्ताले यसलाई आरामसँग सजिलै समात्न सक्छन् । ग्यालेक्सी ए१६ फाइभजीले प्रिमियम फिनिस र विशिष्ट की आइल्याण्डफ्रेमको साथ ग्लास्टिक ब्याक प्यानलको सुविधा दिन्छ, जहाँ साइड माउन्ट गरिएका बटनहरू सजिलो पहुँचको लागि हल्का रूपमा उठाइएको फ्रेममा राखिएका छन् ।

स्थायित्वका लागि निर्मित ग्यालेक्सी ए१६ फाइभजीले आईपी५४ रेटिङ पनि राख्छ, जसले दैनिक सुरक्षाको लागि भरपर्दो रुपमा धूलो र पानी प्रतिरोध प्रदान गर्दछ । शक्तिशाली ५० एमपी प्राथमिक क्यामेरा, ५ एमपी अल्ट्रा-वाइड क्यामेरा र २ एमपी म्याक्रो क्यामेराले सुसज्जित ग्यालेक्सी ए१६ फाइभजीले क्रीस्प र विस्तृत तस्बिरहरू खिच्छ । जबकि १३ एमपी फ्रन्ट क्यामेराले सेल्फी र भिडियो कलको स्तरलाई बढाउँछ । फोनमा ६.७ इन्च फुल एचडी प्लस सुपर एमोलेड डिस्प्लेको साथमा ९० हर्ज रिफ्रेस रेट एवं माइक्रो एसडीमार्फत १ टीबीसम्म विस्तार गर्न सकिने स्टोरेज रहेको छ ।

हुडअन्तर्गत ग्यालेक्सी ए१६ फाइभजी मिडियाटेक डी६३००द्वारा सञ्चालित छ, जसले गेमिङ, स्ट्रिमिङ र सामग्री साझेदारीको लागि उत्कृष्ट पर्फमेन्स प्रदान गर्ने कम्पनीको दाबी छ । शक्तिशाली ५ हजार एमएएच ब्याट्रीको साथ यसले प्रयोगकर्तालाई कनेक्टेड राख्न दिनभरि पावर दिने बताइएको छ ।

ग्यालेक्सी ए१६ फाइभजीसँग ६ वर्षको अपरेटिङ सिस्टम अपडेट र ६ वर्षको सुरक्षा अपडेटहरू प्रदान गर्दै दीर्घकालीन सुरक्षा र पर्फमेन्स प्रदान गर्न प्रतिबद्ध छ । इल्सप्लस सर्टिफिकेशनमार्फत मानसिक शान्ति प्रदान गर्दै सामसङ क्न्क्स भल्टसँग सुरक्षा एक उच्च प्राथमिकता हो । यसका थप सुविधाहरूमा परिस्कृत कनेक्टीभिटीको लागि गुगल मिट र क्वीक शेयरको साथ सहज अनुभव समावेश छन् ।

कालो, हल्का हरियो र सुनौला रङ्गमा उपलब्ध ग्यालेक्सी ए१६ फाइभजीको 6/128 जीबी भेरियन्टको मूल्य रु.२८,९९९, 8/128 जीबी भेरियन्टको रु.३०,९९९ र 8/256 जीबी भेरियन्टको रु. ३४,९९९ मूल्य रहेको छ । ग्यालेक्सी ए१६ फाइभजीको प्रत्येक खरिदमा २५ वाटको एड्याप्टर निःशुल्क आउँछ । यी उत्पादनहरु १२ नोभेम्बरदेखि बजारमा उपलब्ध हुनेछ ।

यो मोडल सबै अधिकृत सामसङ स्टोरहरूमा इन्स्टा फाइनान्स सेवामार्फत खरिद गर्न सकिन्छ ।

Skip This
Skip This
Logo