कृष्णपुर नगरपालिकाको चौथो नगर सभा सम्पन्न, ३ वटा ऐन पारित

कृष्णपुर नगरपालिकाको चौथो नगर सभा सम्पन्न, ३ वटा ऐन पारित

केन्द्रबिन्दु
0
Shares

महेन्द्रनगर । कृष्णपुर नगरपालिका, गुलरिया कञ्चनपुरको चौथो नगर सभा तथा विधेयक अधिवेशन सम्पन्न भएको छ । नगर सभामा कृष्णपुर नगरपालिकाको समग्र विकास निर्माणका सवालहरु र समसामयिक विषयमा छलफल भएको छ । नगर उप प्रमुख रमिता रानाले चालु आर्थिक वर्ष २०७५/०७६ को अर्ध वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।

नगर सभामा नगरपालिकाका नियमित कामलाई प्रभावकारी रुपले सञ्चालन एवम् नियमित गर्नका लागि आवश्यक पर्ने ३ वटा ऐन पारित गरेको नगर प्रमुख कर्ण बहादुर हमालले जानकारी दिए ।

सभाबाट पारित भएका ऐनहरुमा कृष्णपुर नगरपालिका न्यायिक समिति कार्यविधि सम्बन्धि ऐन, २०७५, नगर विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७५ र कृष्णपुर नगरपालिका संघसंस्था स्थापना तथा दर्ता सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७५ छन् ।

सभामा कृष्णपुर नगरपालिकाको संगठन संरचना दरबन्दी समेत प्रस्तुत भई पारित भएका छन् । त्यसै गरी सभामा हालसम्म सम्पन्न भएका र चालु अवस्थामा रहेका योजना तथा कार्यक्रमहरुको बारेमा समीक्षा गरिएको छ । उक्त सभामा सुदूरपश्चिम प्रदेशका प्रदेश सभा सदस्य महेशदत्त जोशी र देवराज पाठकले विशेष सम्बोधन गरी शुभकामना सहित सुझाव व्यक्त गरेका थिए ।

नगर सभामा नगरपालिका क्षेत्रको अन्य विकास निर्माण लगायत समसामयिक सवालमा समेत छलफल भएको छ । साथै सुदूरपश्चिम प्रदेशले पारित गरेको सेवा सुविधा सम्बन्धि ऐन २०७५ को अधिनमा रही कृष्णपुर नगरपालिकाका नगर प्रमुख र उप प्रमुखको १०/१० लाख अन्य सबै जनप्रतिनिधिहरुको ७ लाख ५० हजारको यात्रा बिमा गरिने र सुविधाका विषयमा प्रदेश सरकार समक्ष अनुरोध गर्ने लगायत विभिन्न नीतिगत निर्णयहरु समेत गरिएको नगर सभाका सचिव एवम् प्रमुख प्रशासकीय अधिकृत मेघनाथ रिजालले जानकारी दिए ।

Skip This
Skip This
Logo