काठमाडौँ । पोखरामा एमाले जनप्रतिनिधिले अण्डकोषमा प्रहार गर्दा घाइते भएका एक नगर प्रहरीको सोमबार शल्यक्रिया भएको छ ।
पोखरा महानगरको कार्यपालिका बैठकले गरेको करार कर्मचारी हटाउने निर्णयको विरोधका क्रममा एमाले जनप्रतिनिधिले प्रहार गर्दा घाइते भएका नगर प्रहरी सन्तबहादुर केसीको शल्यक्रिया गरिएको हो ।
पोखरा महानगरपालिको कार्यपालिका बैठकले करारका कर्मचारी हटाउने निर्णय गरेपछि आन्दोलनरत नेकपा एमालेका जनप्रतिनिधिहरू मेयरको कार्यकक्षमा जाने क्रममा रोक्न खोज्दा नगर प्रहरी केसीको अण्डकोषमा प्रहार गरेका थिए ।
पोखरा महानगरका मेयर धनराज आचार्यले नगर प्रहरीलाई प्रहार गरेर शल्यक्रिया गर्नुपर्ने अवस्थामा ल्याउनु दुखद् भएको बताएका छन् । उपचाररत नगरप्रहरी केसीलाई भेट्न उनी अस्पताल पुगेका थिए । नगर प्रहरी प्रमुख पुरुषोत्तम थापाले कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कास्कीमा जानकारी गराएको बताए ।
कात्तिक १५ गते २८ जना प्राविधिकलाई हटाउने कार्यपालिकाको निर्णयपछि उनीहरूले धर्ना र प्रदर्शनलगायतका आन्दोलन गर्दै आइरहेका छन् ।































प्रतिक्रिया