सुदूरपश्चिम रोयल्सको जर्सी सार्वजनिक

सुदूरपश्चिम रोयल्सको जर्सी सार्वजनिक

केन्द्रबिन्दु
42
Shares

काठमाडौँ । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी हुने जर्सी सार्वजनिक गरेको छ ।

मंगलबार काठमाडौँमा एक समारोहका बीच मार्की खेलाडी दीपेन्द्रसिंह ऐरी, टिम मालिक स्वतन्त्र प्रताप शाह र ब्राण्ड एम्बेसडर दीपक बिष्टले जर्सी सार्वजनिक गरेका हुन् ।

एम्पायर स्पोट्स म्याजमेन्ट प्रालिसँगको स्वामित्वमा रहेको सुदूरपश्चिमले सार्वजनिक गरेको जर्सी प्रदेशको प्रतिनिधित्व र स्थानीय संस्कृति झल्कने अनुरूप छ । जर्सीको रंग पहेँलो रहेको छ ।

जर्सी रिभिल कार्यक्रममा बोल्दै नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्काले नेपाल प्रिमियर लिगले नेपाली क्रिकेट जगतले फड्को मार्ने बताए । सुदूरपश्चिमको जर्सी लगाएर समर्थन गर्न आउँदा काठमाडौँ नै सुदूरपश्चिममय हुने उनको भनाइ छ ।

क्रिकेटलाई नेपाली समर्थक अथाह माया गर्ने गरेको उल्लेख गर्दै उनले भने, ‘नेपाली क्रिकेटले विगतको २०–२५ वर्षदेखि जुन उपलब्धी हासिल गर्दै आइरहेको छ । यसले विश्व जगतमा नेपाली क्रिकेटको चर्चा भइरहेको छ । अब अन्तरराष्ट्रियस्तरबाट ठुलोठुलो लगानीकर्ताहरू भित्र्याएर राष्ट्रिय स्तरमा खेलाडीहरूका लागि प्लेटफर्म तयारको योजनामा क्यान छ ।’

Logo