गोरखा । नेपाली कांग्रेसका नेता गगन थापाले आवश्यक परे चौधौं अधिवेशनमा पार्टी सभापतिमा उम्मेदवारी दिने दाबी गरेका छन् । आइतबार बिहान गोरखा सदरमुकाममा प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता थापाले आवश्यक परे चौधौं अधिवेशनमा पार्टी सभापतिमा उम्मेदवारी दिने दाबी गरेका हुन् ।
पहिलो पुस्ताका नेताहरुलाई सम्मानजनक विदाइ गर्नुपर्ने धारणा व्यक्त गदैृ युवा पुस्तालाई अवसर दिनुपर्नेमा जोड दिए । पुराना पुस्ताले नेतृत्व गर्दा पार्टी पोखरी जस्तो भएकाले पार्टीलाई नदी जस्तो बनाउन नयाँ पुस्ताको नेतृत्व चाहिने उनले तर्क गरे ।
‘नेपाली कांग्रेसको नयाँ पुस्ताको नयाँ व्याख्या हुन्छ ।’ थापाले भने ‘पहिलो पुस्ताका नेताले नेतृत्व गर्दा पार्टी जमेको पोखरी जस्तो भयो, पार्टीलाई बगेको नदी जस्तो बनाउनु पर्छ।, त्यसैले अब पहिलो पुस्ताका स्तुत्य नेताले हाम्रो अभिभावक बनिदिनु पर्छ’,
‘कथाले जे माग्छ, म त्यो गर्न तयार छु ।’ थापाले भने ‘तर एउटै कुरा के हो भने पहिलो पुस्ताका नेतालाई बडो सम्मानकासाथ अभिभावक बनाएर राख्नुपर्छ । नयाँ पुस्ताका आम कांग्रेसको नेतृत्व नयाँ पुस्ताले नै गर्नुपर्छ ।’































प्रतिक्रिया