रवि लामिछाने आज रुपन्देहीमै रहने, सकिएन बयान

रवि लामिछाने आज रुपन्देहीमै रहने, सकिएन बयान

केन्द्रबिन्दु
69
Shares

काठमाडौं । सहकारीको रकम अपचलन प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज रुपन्देहीमै रहने भएका छन् । मंगलबार दिउँसो पोखराबाट भैरहवा लगिएका लामिछानेसँग बयान नसकिएपछि बुधबार बिहान लिने गरी आज उठेका हुन् ।

लामिछाने आज जिल्ला प्रहरी कार्यालयमै रहने छन् ।

बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको १४ करोड २९ लाख रुपैयाँ गैरकानूनी रुपमा गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको अनुसन्धानमा देखिएको छ । ऋण लैजाने क्रममा उनी गोर्खा मिडिया नेटवर्कमा कार्यकारी निर्देशकका रूपमा कार्यरत थिए । यो कसुरमा अनुसन्धान गर्न रुपन्देही प्रहरीले कात्तिक ८ गते जिल्ला अदालतबाट लामिछाने, जीवी राईसहित १२ जनालाई पक्राउ अनुमति लिएको थियो । सोही अनुसार उनलाई कास्की प्रहरी हिरासतबाट उनलाई रुपन्देही लगिएको हो ।

सुप्रिमबाट लामिछानेको नाममा २०७७ चैत १८ मा २ करोड ऋण लिएको भेटिएको छ । २ करोडमध्ये संस्थाले काट्ने सेवा शुल्क कटाएर लामिछानेले १ करोड ९६ लाख ऋण लगेको देखिएको अनुसन्धान बताउँछ । सोही विषयमा लामिछानेमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । तर लामिछानेले भने आफूले निवेदन दिएर ऋण माग नगरेको र नलिएको जिकिर गर्दै आएका छन् ।

Skip This
Skip This
Logo