पाँचथर । एउटा कार्यक्रममा मन्तव्य राख्दै गर्दा बेहास भएका गाउँपालिका अध्यक्षको निधन भएको छ । पाँचथरको फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष अमरकुमार नेम्बाङको निधन भएको हो ।
शनिबार दिउँसो २ बजे गाउँपालिकाको ५ नम्बर वडाले गरेको कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य राख्ने क्रममा अध्यक्ष नेम्बाङ बेहोस भएका थिए ।
७७ वर्षका गाउँपालिका अध्यक्ष नेम्बाङको इलाम अस्पतालमा उपचार हुन नसकेपछि काठमाडौं ल्याउने तयारी हुँदै गर्दा ज्यान गएको हो ।उच्च रक्तचापको समस्या रहेका अध्यक्ष नेम्बाङ हृदयघाटबाट बेहोस भएको हुनसक्ने अनुमान गरिएको छ ।





























प्रतिक्रिया