बक्स अफिसमा पूर्णबहादुरको सारङ्गीको कीर्तिमानः बन्यो सबैभन्दा बढी कमाउने नेपाली फिल्म

बक्स अफिसमा पूर्णबहादुरको सारङ्गीको कीर्तिमानः बन्यो सबैभन्दा बढी कमाउने नेपाली फिल्म

केन्द्रबिन्दु
267
Shares

काठमाडौँ । विश्वभरिका नेपाली दर्शकको मन जित्दै चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ ले सबैभन्दा बढी कमाउने नेपाली फिल्मको कीर्तिमान बनाएको छ ।

वितरक मनोज राठीका अनुसार फिल्मले प्रदर्शनको १३ औँ दिनमा हालसम्मको रेकर्ड ब्रेक गरेको हो ।

फिल्मले बक्स अफिसमा मंगलबारसम्म २५ करोड ४ लाख ग्रस कलेक्सन गरेको छ । यो कमाइ नेपालको मात्र हो । निर्माता र वितरकका अनुसार फिल्मले विश्वव्यापी रूपमा ४५ करोड रुपैयाँ कलेक्सन गरेको छ ।

चलचित्र विकास बोर्डको तथ्याङ्कअनुसार यसअघि ‘कबड्डी ४’ ले २१ करोड ३८ लाख कमाएको थियो । गन्धर्व समुदायको कथा र बाबु–छोराको सम्बन्धलाई मार्मिक ढंगले प्रस्तुत गरिएको फिल्मको लेखन र र निर्देशन सरोज पौडेलले गरेका छन् ।

फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद लेखन छ । विजय बरालको मुख्य भूमिकामा बनेको फिल्ममा अञ्जना बराइली, मुकुन भुसाल र प्रकाश सपूतलगायत कलाकारको अभिनय रहेको छ ।

Skip This
Skip This
Logo