ओली-प्रचण्डलाई भीम रावलको चेतावनी, ‘संयमित नभए पार्टी फुट्छ’

ओली-प्रचण्डलाई भीम रावलको चेतावनी, ‘संयमित नभए पार्टी फुट्छ’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । अर्को माओवादीको जन्म हुनसक्ने चेतावनी दिएका नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नेकपाकै एक नेताले सम्झाउने कोशिष गरेका छन् ।

भेनेजुएलाको राजनीतिक संकट र त्यसमा अमेरिकी गतिविधिपछि नेपाली राजनीतिमा परेको खलबलबारे नजिकबाट नियालीरहेका नेकपा नेता भीम रावलले अध्यक्ष प्रचण्डलाई सचेत गराएका छन् । नेकपा भित्र ‘भेनेजुएला काण्ड’ ले ठूलै हलचल ल्याईरहेकाबेला नेता रावलले प्रचण्डलाई सचेत गराएका हुन् ।

घटनाक्रम विकसित हुँदै जाँदा प्रधानमन्त्री केपी शर्मा ओलीले भेनेजुएला काण्डमा प्रचण्ड केही चिप्लिएको बताएका थिए । त्यसको प्रतिक्रिया प्रचण्डले पार्टी फुट्न सक्ने सम्भावना भन्दै ओलीलाई चेतावनी दिएका थिए ।

उक्त चेतावनीपछि नेता रावलले अरु देशबारे टिप्पणी गर्दा पार्टी फुटेका विगतको इतिहास सम्झेर संयमित हुनुपर्ने उल्लेख गरेका छन् । उनले ट्वीट गरेर लेखेका छन्, ‘विगतमा कुनै देश र सरकार विशेषबारे सार्वजनिक रुपमा धेरै विवाद गर्दा कम्युनिष्ट पार्टीमा विभाजन समेत आएको स्मरण गर्दै संयमित भएर विधि र बैठकबाट विवाद टुंग्याउनु र पार्टी एकीकरणको काम अबिलम्ब पूरा गर्नु बुद्धिमानी कार्य ठहरिने छ ।’

उक्त विषयलाई प्रष्ट पार्दै नेता रावलले अहिलेको प्राथमिकता भनेको पार्टीका आन्तरिक विषयलाई मिलाएर एकीकरणको प्रक्रियालाई टुंग्याउनु रहेको बताए ।

बाहिरी विषयमा गरिने टिकाटिप्पणी र त्यसले निम्त्याउने विवादले स्वयम् पार्टी तथा सरकारको काम कारवाहीलाई प्रभावित पार्ने उल्लेख गर्दै पहिलो प्राथमिकता पार्टी एकता प्रमुख विषय रहेको बताए ।

पार्टी एकीकृत बन्ने र जनअपेक्षा पूरा गर्न सक्ने चाहका साथ तत्कालीन पार्टी विभाजन गर्न तयार भएको तयार भएको तर पछिल्ला घटनाक्रमले पार्टीको माथिल्लो तहदेखि तल्लो तहसम्म निराशा उत्पन्न भएको उनको प्रतिक्रिया छ । सार्वजनिक विषयमा गरिने टिप्पणी आन्तरिक छलफलपछि मात्रै गरिनु पर्ने उनको तर्क छ ।

Skip This
Skip This
Logo