राष्ट्रपति कार्यालयको बगैँचा सजाउन २४ लाखको ठेक्का स्वीकृत

राष्ट्रपति कार्यालयको बगैँचा सजाउन २४ लाखको ठेक्का स्वीकृत

केन्द्रबिन्दु
48
Shares

काठमाडौँ । राष्ट्रपति कार्यालय शीतल निवासको बगैँचा सजाउनको लागि ठेक्का स्वीकृत भएको छ । पोखरा आउटसोर्सिङ प्रालिले गार्डेन सजावटका लागि आह्वान गरेको ठेक्कामा प्रस्ताव गरेको २३ लाख ८२ हजार रुपैयाँ बराबरको बोलपत्रलाई स्वीकृत गर्नेगरी कार्यालयले सूचना जारी गरेको हो ।

कार्यालयको सरसफाइ तथा ढल व्यवस्थापनका लागि समेत सो कम्पनीलाई जिम्मा दिने निर्णय गरेको छ । यसका लागि २१ लाख २७ हजारको बोलपत्र स्वीकृत गर्न लागिएको बताइएको छ ।

कार्यालयले २०८१ साउनमा उक्त ठेक्काको बोलपत्र आह्वान गरेको थियो । मूल्याङ्कन समितिले न्यून मूल्याङ्कन र सारभूत रूपमा प्रभावग्राही भएको भन्दै उक्त कम्पनीको बोलपत्रलाई स्वीकृत गर्न सिफारिस गरेको कार्यालयले जनाएको छ।

Skip This
Skip This
Logo