देश विदेशमा आज थुप्रै सकारात्मक तथा नकारात्मक घटना परिघटनाहरु भए । ति घटनाक्रमहरुलाई हामीले केन्द्रबिन्दु डटकम र केन्द्रबिन्दुको युट्युब च्यानल मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । यसरी अपडेट भएका अनेकौ समाचारहरु मध्ये प्रमुख समाचारहरुलाई यहाँ प्रस्तुत गर्दैछौ । हाइलाइट गरिएको शिर्षकहरुमा क्लिक गरेर बिस्तृत समाचार पढ्न सक्नु हुन्छ ।
प्रचण्डद्वारा सरकारको चर्को आलोचना (भिडियो रिपोर्ट)
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल सरकारविरुद्ध खनिएका छन् । अध्यक्ष दाहालले संविधानले व्यवस्था गरेको अधिकार प्रदेश र स्थानीय तहलाई प्रत्यायोजन गर्न नचाहेको भन्दै सरकारको चर्को आलोचना गरेका हुन् । उनले सरकार शान्ति सम्झौता र संविधानको मर्म विपरित चलिरहेको गम्भिर आरोप समेत लगाए । स्थानीय र प्रदेश सरकारलाई दिएको संवैधानिक अधिकार प्रत्यायोजन गर्न सरकार तयार नभएको अध्यक्ष दाहालको आरोप छ । ‘स्थानीय तह संचालन ऐनः न्यायिक समिति, कार्यविधि र प्रक्रिया’ नामक पुस्तकको शुक्रबार काठमाडौंमा विमोचन गर्दै उनले कानुन निर्माण, सुरक्षा, बजेट सबै विषयमा सरकारले प्रदेश र स्थानीय तहको अधिकार संकुचन गर्न खोजेको भन्दै आपत्ति जनाए ।
बहुप्रतिक्षित कर्मचारी समायोजन विधेयक संसदमा पेस
सरकारले कर्मचारी समायोजन अध्यादेश २०७५ को प्रतिस्थापन विधेयक प्रतिनिधिसभामा पेस गरेको छ । शुक्रबार बसेको प्रतिनिधिसभाको पहिलो बैठकमा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको तर्फबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले विधेयक प्रस्तुत गरेका हुन् । विधेयकमाथि परेको विरोधको सुचना वहुमतले अस्वीकृत भएपछि मन्त्री अधिकारीले विधेयक प्रस्तुत गरेका हुन् ।
सरकारले ‘बसोबास आयोग’ गठन गर्दै
सरकारले भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबास गर्नेहरुको समस्या समाधानका लागि ‘बसोबास आयोग’ गठन गर्ने भएको छ ।
कृषि मन्त्रालय खारेज गर्न सांसदको माग
सांसद ह्रदयेश त्रिपाठीले कृषि तथा पशुपंक्षी विकास मन्त्रालय खारेज गर्न माग गरेका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले कृषि मन्त्रालय विचौलियाको पक्षमा लागेको भन्दै खारेजको माग गरेका हुन् ।
भेनेजुएला प्रकरण संसदमा प्रवेश, कांग्रेस सांसदको आपत्ती
भेनेजुएला प्रकरणले संसदमा प्रवेश पाएको छ । शुक्रबार व्यवस्थापिका संसदमा विशेष समयमा बोल्दै नेपाली काँग्रेसकी नेतृ डिला सङ्ग्रौलाले सरकारले अमेरिकालाई चिढाएको भन्दै अमेरिकी सहयोग रोक्ने षडयन्त्र भएको आरोप लगाएकी छिन् । नेपालले शुरुदेखि नै असंलग्न नीति लिएको भन्दै भेनेजुएलाको सम्बन्धमा बोलेर अमेरिकालाई चिढाउनु गलत भएको उनको दाबी थियो ।
आशा लघुवित्तको आईपिओ तपाईलाई पर्यो कि परेन ? (हेर्नुहोस् नतिजा)
आशा लघुवित्तको आईपिओ आज (शुक्रबार) बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा आइपीओ भएको बाँडफाँड गरिएको हो। जसमा ६२ हजार ९ सय ९३ आवेदकलाई १० कित्ता शेयर परेको छ भने कुल २ लाख ४७ हजार ४ सय ४६ आवेदक हात खाली भएका छन् । कुल आवेदक मध्ये ६ सय ७७ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ ।
पूर्वाधार विकास बैंकको ८ अर्बको आईपिओ आउँदै
युनिभर्सल पावरको आईपिओ खुल्यो, के भन्छ कम्पनी ?
अरुण तेस्रो आयोजनास्थल नजिकै बम विष्फोट
बिहानै राष्ट्रपति भण्डारीले गराइन् तीन राजदूतको शपथ
राष्ट्रियसभाले ४ विधेयक विधायन समितिमा पठायो
पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारी अस्पताल भर्ना
संसदमा कसले के भने ?
सांसद ओलीलाई हेलिकप्टरबाट काठमाडौँ लगियो
सत्य निरुपण तथा मेलमिलाप आयोगको म्याद फेरि थपियो
सम्झौता रद्द भए पनि सिएमसीलाई मेलम्चीको काममा फर्काउन पहल
आमाको नामबाट नागरिकता माग्दै प्रदर्शन
बाँध भत्किँदा ज्यान गुमाउनेको सङ्ख्या १५७ पुग्यो
प्रधानमन्त्री बन्न चुनाब लड्दै राजकुमारी, ऐतिहासिक घटना
फ्राइडे फिल्म: ‘समर लभ’ र ‘न यता न यता’
प्रियसीलाई यसरी प्रपोज गरे जुनीभर अवस्मरणीय रहन्छ (टिप्स)
यसका साथै केन्द्रबिन्दु डटकममा आज राजनीति, सामाजिक, स्वास्थ्य, शिक्षा, आर्थिक, प्रबिधि, कला, लाइफस्टाइल, खेलकुद, बिश्व बिबिध, बिचार लगायतका थुप्रै समाचारहरु प्रकाशन भएका छन् । सबै समाचार पढ्न यहाँ क्लिक गर्न सक्नु हुन्छ। त्यस्तै केन्द्रबिन्दुको युट्युब च्यानल मा पनि बिभिन्न समाचार र मनोरोजनात्मक सामग्रीहरु प्रकाशन भएका छन् ।































प्रतिक्रिया