काठमाडौँ । मिस नेपालहरूले मोडेल इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) सँगको सहकार्यमा आयोजना गरेको रक्तदान कार्यक्रम सुरु भएको छ । मिस नेपालहरूले आज बागबजारको एमआईटी कलेजमा रक्तदान कार्यक्रमको सञ्चालन गरेका हुन् ।
रगत अभावका कारण धेरै व्यक्तिहरू जीवन र मृत्युको अवस्थामा रहनुपर्ने अवस्था नबनोस् भन्ने उद्देश्य राखी यो रक्तदान गरिएको हो । उक्त कार्यक्रममा रगत दिन इच्छुक जोकोही सहभागी हुन सक्ने सन् २०१० कि विजेता मिस नेपाल सदीक्षा श्रेष्ठले बताइन् ।
रक्तदान सबैभन्दा महत्त्वपूर्ण काम र मानव जीवन बचाउन मद्दत गर्ने विषय ठम्याउँदै मिस नेपालहरूले यो रक्तदान कार्यक्रम आयोजना गरेका हुन् ।
मिस नेपालहरूले यसअघि पनि थुप्रै सामाजिक कार्यमा सहभागी भई विभिन्न कार्यक्रमहरूको आयोजना गर्दै आएका छन् । आजमात्रै सञ्चालन हुने रक्तदान कार्यक्रम बिहान ८ बजेदेखि सुरु भएर बेलुका ६ बजेसम्म एमआईटी कलेजमा हुनेछ ।































प्रतिक्रिया